पोखरा । विगत केही समयदेखि राजनीतिक खिचातानीले गर्दा पोखराको पृथ्वीनारायण क्याम्पसमा रोकिएको निर्वाचन फेरि चैत्र १० गतेलाई राखेसँगै विद्यार्थीको स्वतन्त्र उम्मेद्वारप्रति चासो बढेको छ ।
लामो समयदेखि पृथ्वीनारायण क्याम्पसलाई राजनीतिक थलो बनाई राजनैतिक खिचातानी र अनेक बहानामा क्याम्पसमा पढाइ बन्द गर्नु, विद्यार्थीलाई सहज भन्दा झन् असहज परिस्थिति बढ्दै गएको हुँदा स्वतन्त्रप्रति आशा रहेको चौथो वर्षमा अध्ययनरत विद्यार्थी दीपक शर्माले नीतिप्रेसलाई जानकारी गराए ।
पृथ्वीनारायण क्याम्पसलाई डिजिटल पिएनसी निर्माणमा सबै विद्यार्थीले यो वा त्यो बहाना नभनिकन निर्वाचनमा होमिएका छन् । जसमा स्वतन्त्र उम्मेद्वार कमल सुवेदीलाई मतदान गर्नसमेत शर्माले आग्रह गरेका छन् ।
उम्मेद्वार कमल सुवेदीले पृथ्वीनारायण क्याम्पस राजनीतिक क्रीडास्थल भएको हुँदा अब भने शैक्षिक क्षेत्रमा विद्यार्थीको हितका लागि स्वतन्त्र व्यक्तिले नै काम गर्न सक्ने भन्दै आफूले उम्मेद्वारी दिएको बताए । क्याम्पसमा मेरोटोक्रेसी लागू गर्नुपर्ने उनको जोड छ ।
निर्वाचनमा सबै विद्यार्थीलाई समयमै आई हाम्रो भन्दा पनि राम्रो व्यक्तिलाई मतदान गरिदिनुहुन उनले अनुरोध गरेका छन् ।
२०७४ सालदेखि अनवरत क्याम्पसमा रहेका सुवेदी हाल स्नातकोत्तरतर्फ राजनीतिक शास्त्र र स्नातकतर्फ कानूनका विद्यार्थी हुन् । उनी निरन्तर विद्यार्थीका समस्या समाधानका लागि लड्दै आइरहेका छन् ।
डिजिटल प्रशासन, डिजिटल शिक्षा र दलका भातृ संगठन विहीन क्याम्पस निर्माणलाई उनले मुख्य मुद्दा बनाएका छन् ।
साथै सीपमूलक, व्यावसायिक र अनुसन्धानमूलक शिक्षा बनाउन, क्याम्पसमा हुने दलीय राजनीति, हस्तक्षेप र भागबण्डाको अन्त्य गरी मेरिटोक्रेसी लागू गर्न, नवचार, नैतिकता, नवप्रवर्तनसहितको शिक्षाका लागि आफू स्ववियु चुनावमा होमिएको उनले उल्लेख गरे ।
शिक्षा क्षेत्रका विकृति, विसंगति, अस्तव्यस्तता र अन्यौलता हटाउन, भलिबल, फुटबल, क्रिकेट र बास्केटबललगायत सम्पूर्ण खेल प्रेमीका लागि खेलकुद एकेडेमी स्थापना, आर्थिक, असहाय, विपन्न र दूरदराजबाट आउने विद्यार्थीका लागि सुविधा सम्पन्न अपांगमैत्री छात्र/छात्रावास निर्माण गर्न र क्याम्पसलाई शैक्षिक थलो साथसाथै नवीनता र अनुसन्धानको हब बनाउन आफूले प्रयास गर्ने सुवेदीको प्रतिवद्धता छ ।
उनले क्याम्पसलाई नितान्त एकेडेमिक बनाउनुपर्नेमा जोड दिए । पर्वत निवासी सुवेदी क्याम्पसभित्र परिचित र जोशिलो युवाका रुपमा परिचित छन् । दलीय संगठन नरुचाउने विद्यार्थीको संख्या निकै धेरै रहेकाले आफूले सहजै चुनाव जित्ने सुवेदीको आकलन छ । पृथ्वीनारायण क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुँदैछ ।






