विषेशगरि मौसम परिवर्तन हुँदा गला बस्ने (स्वर बस्नु) समस्याबाट धेरै मानिस पीडित हुन्छन् । गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिलकुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ ।
यसलाई सामान्य समस्या मानेर मानिस डाक्टर कहाँ जाँदैनन् । तर कहिलेकाहीँ यो समस्याले गम्भीर रूप पनि लिन सक्छ ।
जोड जोडले भाषण दिनु या पढ्नु, विष खानु र कण्ठमा कुनै पनि प्रकारले चोट लाग्नु यी कारणले कण्ठबाट शब्द प्रवाह गर्ने नाडीमा स्थिर भएर गला बस्ने वा स्वर भङ्ग गरिदिन्छ । स्वर भङ्ग छ प्रकारको हुन्छ- वात, पित्त, कफ, सन्निपात, शरीरको स्थूलता र क्षयीरोग ।
१. चिसोको कारणले गला बसेको छ भने दालचिनीले फाइदा गर्न सक्छ । एक गिलास तातो पानीमा सानो चम्चाले दालचिनी पाउडर र मरिच हालेर गलगल गर्दा गला खुल्छ ।
२. घिउ र मह पिउनाले राहत मिल्छ ।
३. तातोपानी र ताताो पिउनाले पनि स्वर बसेकाे ठिक हुन्छ ।
४. देशी घिउ र सखर खान सकिन्छ ।
५. एन्टिसेप्टिक गुणका कारणले बेसारलाई थुप्रै रोगको रामवाण औषधि मानिन्छ । एक कप तातो पानीमा अलिकति बेसार मिसाएर खाली पेटमा सेवन गर्नुस् ।
७. खारेको तिलको तेल अथवा मह चाट्नाले पनि स्वर बसेको ठिक हुन्छ ।
८. पिप्पली, पीपलामूल र कालो मरीच गोमूत्रमा पिसेर पिउनाले कफ स्वर बसेको ठिक हुन्छ ।
९. एक गिलास तातो पानीमा एक चिम्टी पिसेको ल्वाङ, मरिच र मह मिसाएर हरेक बिहान यसलाई पिउँदा गलामा आराम हुन्छ । यदि घरेलु उपाय गर्दा पनि केहि कमि भएन भने सम्बन्धित चिकित्सकको सहयोग लिनु पर्छ । -एजेन्सीको सहयोमा




सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

अध्यक्ष : माधव पाेखरेल
सम्पादक : रमानाथ पाैडेल
बजार व्यवस्थापक :शशाङ्क बराल
फोटो पत्रकार : विवेक पाण्डे
कार्यालय :
पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की
फाेन : ०६१–४५०६६०
इमेल : nitipressonline@gmail.com