पोखरा । न्यूजील्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।
न्यूजील्याण्डको साउथ आइल्याण्डको पश्चिमी तटलाई केन्द्रविन्दु भएर ६दशमलव५ रेक्टर स्केलको भूकम्प गएको त्यहाँको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पका कारण भवनहरूमा क्षति पुगेको विवरण सार्वजनिक भए पनि मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।
न्यूजील्याण्डको आपतकालीन व्यवस्थापन एजेन्सीले भूकम्पले न्यूजील्याण्डलाई असर गर्न सक्ने सुनामी सिर्जना गरेको छ कि छैन भनेर मूल्याङ्कन गरिरहेको बताएको छ।
न्यूजील्याण्ड दुई प्रमुख टेक्टोनिक प्लेटहरूको सिमानामा फैलिएको छ र हरेक वर्ष हजारौं साना भूकम्पहरूले हल्लाउने गर्दछ।
सरकारी तथ्याङ्क अनुसार २०११ मा ६दशमलव३ म्याग्निच्युडको भूकम्पले क्राइस्टचर्चको ठूलो भागलाई तहसनहस पारेको थियो जसमा P८५ जनाको मृत्यु भएको थियो।






