पोखरा । पोखरा महानगरपालिका वडा नं १७ स्थित उपल्लो रातो पैह्रामा एमालेको टोल कमिटी गठन भएको छ । पार्टीको जरा अभियानअन्तर्गत सो टोलमा कमिटी गठन गरिएको एमाले पोखरा-१७ का अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
टोलमा आयोजित एक भेलाले देवेन्द्र क्षेत्रीलाई अध्यक्षमा चयन गरेको छ । कमिटीको उपाध्यक्षमा सम्झना हमाल, सचिवमा दयाराम पौडेल, उपसचिवमा शान्ति सिग्देल र हीरा अधिकारी छन् ।
यस्तै कार्यसमिति सदस्यमा सरस्वती सिग्देल, पार्वती खड्का, अप्सरा गोदार, सन्तोषी भुजेल, सरस्वती तिमिल्सिना, राधा पौडेल, सोमनाथ अधिकारी र पूर्णबहादुर गुरुङ छन् ।
कमिटीका पदाधिकारी तथा सदस्यलाई वडा कमिटी अध्यक्ष विक्रम गुरुङले सपथग्रहण गराएका थिए ।
भेलाको उद्घाटन नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य रघुनाथ भण्डारीले गरेका थिए । कार्यक्रममा उनले नेकपा एमाले देशकै लोकप्रिय पार्टी भएको बताए ।
उनले वर्तमान सरकारले निकै लोकप्रिय काम गरिरहेको जिकिर गर्दै उनले केही विरोधी तत्वले प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने प्रयास गरिरहेको बताए ।
अहिले चलिरहेको जरा अभियानले पार्टी निकै सुदृढ हुने र यसले आगामी चुनावमा एमाले देशकै ठूलो पार्टी बन्ने दावी गरे ।
टोल कमिटी अध्यक्ष देवेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एवं वडा इञ्चार्ज सुवास ढुंगाना, पोखरा-१७ की वडाध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला कमिटी पूर्व सदस्य लिलबहादुर घर्ती, वडा कमिटी सचिव उत्तम सिग्देल, टोल कमिटी सचिव सृजना पौडेललगायतले बोलेका थिए ।






