पोखरा । काठमाडौँमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाका ५० वर्षीय गोकुल पाण्डे छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका वडा नं ८ ठूलोखोला नजिकै धादिङबाट काठमाडौँ जाँदै गरेको प्र३-०१-०२४ च ८३२२ नम्बरको टाटा गाडी दुर्घटना भएको हो ।
गाडी सडकबाट करिब चार सय मिटर तल खसको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले जानकारी दिए ।
सोही दुर्घटनामा गोरखाका ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् ।
उनीहरुको अस्पतालमा उपचार जारी छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बोहोराले जानकारी दिए ।






