पोखरा । पोखरामा प्रथम विधान, सुरज र नरकाजी गुरुङ स्मृति फाइभ ए साइट एमोचर फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता यही चैत २२ र २३ गते पावरहाउस फुटसलमा सञ्चालन हुने आयोजक मित्रवन्धु क्लबले जनाएको छ ।
कार्यक्रम संयोजक कमल गुरुङका अनुसार प्रतियोगितामा २० टिम सहभागी हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिता विजेताले ७५ हजार पाँच सय ५५ र उपविजेताले ३७ हजार सात सय ७७ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
साथै प्रतियोगितामा उत्कृष्ट हुने विभिन्न विधाका खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । प्रतियोगितामा सहभागी हुनका लागि यही चैत २१ गतेसम्ममा टिम दर्ता गराइसक्नुपर्ने उनले बताए ।
दिवंगत भएका विधान, सुरज र नरकाजी गुरुङ आफ्ना अत्यन्तै मिल्ने मित्र भएकोले उनीहरुकै सम्झनामा फुटसल प्रतियोगिता आयोजना गरिएको संयोजक गुरुङले बताए ।
प्रतियोगिता मित्रवन्धु क्लबको व्यानरमा कमलसहित दीपेन शर्मा र दलबहादुर गुरुङले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
प्रतियोगिताबाट हुने आम्दानीबाट वृद्धाश्रममा सहयोग गरिने भएको छ ।







