• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा युनाइटेड एकेडेमीद्वारा कक्षा १२ का विद्यार्थीको बिदाई

नीतिप्रेस by नीतिप्रेस
April 2, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीको बिदाई भएको छ ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थीले एक कार्यक्रम आयोजना गरी कक्षा १२ का ९० जना विद्यार्थीलाई मायाको चिनो प्रदान गरी बिदाई गरेको हो ।

बिदाई भएका विद्यार्थी आगामी वैशाख ११ गतेदेखि सञ्चालन हुने परीक्षामा सहभागी हुँदैछन् । यी विद्यार्थीले भद्रकाली मावि केन्द्रमा परीक्षा दिँदैछन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारी, प्राचार्य बयानबहादुर गोदार, सहायक प्राचार्यद्वय देवेन्द्र अधिकारी, गोविन्द चापागाईंलगायतले बिदाई गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष भण्डारीले परीक्षाका लागि राम्रो मेहनत गर्न र मर्यादित भएर परीक्षामा सहभागी हुन आग्रह गरे । कक्षा १२ को परीक्षाले समग्र भविष्य निर्धारण गर्ने भएकाले सोही अनुसार तयारी गर्नुपर्ने बताए ।

प्राचार्य गोदारले विगतका परीक्षामा पनि राम्रो नजिता हासिल गरेको र यस पटक विगतमा भन्दा राम्रो हुने विश्वास व्यक्त गरे । उनले उच्च मनोवलका साथ परीक्षामा सहभागी हुन विद्यार्थीलाई आग्रह गरे ।

कार्यक्रममा विद्यालयका सहायक प्राचार्यद्वय देवेन्द्र अधिकारी, गोविन्द चापागाईं, शिक्षक फणीन्द्रराज पौडेल, शिक्षक कक्षा १२ की रेजिना शर्मालगायतले बोलेका थिए ।

कक्षा ११ का विद्यार्थी मोहित नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनुपमा बराल, आशिका भुजेल र समीक्षा शर्माले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृति प्रस्तुतिसमेत राखेका थिए ।

२०५० सालमा स्थापित विद्यालयमा हाल आठ सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय २० विद्यार्थी छन् ।

विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ । आगामी दिनमा मोवाइल, टीभी र अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालनको तयारी गरिएको विद्यालयले जनाएको छ ।

Previous Post

सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण सरकारले छिटो ऐन संशोधन गरेको होः मन्त्री अधिकारी

Next Post

‘निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन विधेयक प्राकृतिक श्रोत साधनको बढी प्रयोग गर्ने कुरामा मात्रै केन्द्रित भयो’

Next Post

‘निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन विधेयक प्राकृतिक श्रोत साधनको बढी प्रयोग गर्ने कुरामा मात्रै केन्द्रित भयो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन