• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सगरमाथा बेसक्याम्पमा विलासी सामान प्रयोगमा रोक लगाउँः सरोकारवालाहरु

नीतिप्रेस by नीतिप्रेस
April 7, 2025
in अर्थ/वाणिज्य, नेपाली समाचार आजको, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरोकारवालाहरुले सगरमाथा बेसक्याम्पमा प्रयोग गरिने विलासी सामान प्रयोगमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरुले हिमाल चढ्न जाँदा पनि आरामदायी जीवन बिताउन खोज्ने परिपाटीका कारण हिमालहरु बढी जोखिममा परेको दाबी गरेका हुन् । उनीहरुले बेसक्याम्पमा लग्जरी जीवनशैलीका लागि प्रयोग हुने सामग्री प्रयोगमा रोक लगाउन सरकारलाई सुझाव दिएका छन् । हिमाली पर्यटन व्यवसायी एवं पथप्रदर्शक (गाइड) दावा टासी शेर्पाले हिमाली क्षेत्रमा लग्जरी मेसिनहरुको प्रयोग गर्ने गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न समस्याको दोष जलवायु परिवर्तनलाई दिने गरिएको गुनासो गर्नुभयो । शेर्पाले धेरै मानिसहरु हिमाल अराोहणका लागि जाँदा हिउँ पग्लिएर हिमालले थेग्न नसकेको भनेर गलत प्रचार गरिएको दाबी गर्नुभयो । हिमाल आरोहणका लागि मौसम सधैँ अनुकुल नहुँदा कहिले काहीँ एकैदिन भार पर्ने कुरालाई मात्रै हेरेर ‘हिमालले अब धान्दैन’ भनी गलत प्रचार नगर्न आग्रह गर्नुभयो । उहाँले आरोही बढेर नभई विलासी सामान प्रयोगका कारण हिमालका आधारशिविर जोखिममा रहेको दाबी गर्नुभयो । उहाँले क्षणिक सुख र अर्थोपार्जनको लोभमा प्रकृति र संस्कृतिको विनाश भइरहदा पर्वतीय र सांस्कृतिक पर्यटक आवागमनमा कमि आएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘क्लाइमेटको कुरा गर्दैगर्दा के साँच्चिकै पपुलेसनले गर्दा यो भइरहेको छ की विभिन्न गतिविधिले गरिरहेको छ भन्ने हामी आजको दिनबाट सरकारले र हामी व्यक्तिहरुले शुरु गर्नु जरुरी छ । हामीसँग च्यालेन्ज छ, क्लाइमेट चेन्जले च्यालेन्ज भयो भन्दै गर्दा के हामीले यो लग्जरीपन अलिकति घटाउन सकिँदैन ? एभरेष्ट बेसक्याम्पमा धेरै जना मान्छे उपस्थित भएर हिउँ बिलय भएको हो ? वा उसलाई सुविधा दिनको लागि कफी मेसिनदेखि लग्जरी सोफा लगेर आइस बनेर त्यो हिउँ विलय भएको हो ? यसमा अध्ययन गर्न जरुरी छ । धेरै मानिसहरु भएर अब यो हिमालले थेग्न सकेन भनेर एउटा अदालतले पनि साहित्यिक रुपमा एउटा आर्टिकल न्युज लेख्नुभएको थियो । सगरमाथाले अब मान्छे थेग्न सक्दिन कम गर्नुपर्छ भनेर । हामीले त्यो एक दिनको ट्राफिकलाई हेरेर निर्णय गर्नु हुँदैन । अरु क्षेत्रमा हजारौँ संख्यामा हुँदा जलवायु परिवर्तनमा असर नगर्ने त्यहाँ गर्ने भन्ने हुँदैन । मान्छे धेरै भएर नै त्यो स्थिति भएको हो त ? होइन, वेदर विन्डोले गर्दा हो ।


जलवायु विज्ञ पपुलर जेन्टलले जलवायु न्यायको मुद्दा विश्वव्यापी रुपमा पेचिलो बन्दै गएकाले त्यससम्बन्धमा राष्ट्रको आफ्नै रणनीति हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हिमाल संरक्षण र जलवायु अनुकुलनका कार्यक्रममा दात्तृ निकायको मात्रै भर पर्न नहुनेमा पनि जोड दिनुभयो । युएनफसिसिसिमा माउण्टेनको विषयमा चर्चा हुने गरेको भएपनि मुल मुद्दा बन्न नसकेको उल्लेख गर्दे मुल मुद्दा नबनेसम्म यसमा अन्तराष्टिय लगानी बढ्न नसक्ने तर्क गर्नुभयो । 
उहाँले भन्नुभयो ‘हाम्रो माउण्टेन रिजनले नेपाललाई मात्रै होइन विश्वलाई सेवा दिइरहेको छ । माउण्टेनमा मात्रै नभई तल्लो तटिय क्षेत्रमा बस्नेलाई पनि स्वच्छ पानी दिइरहेको छ । माउण्टेनले एयर कुलिङको काम गरिरहेको छ । माउण्टेन रिजनले प्रोभाईड गरेको ग्लोवल सर्भिसहरु थ्रेटमा छ अहिले जलवायु परिवर्तन, प्रदुषण जस्ता वातावरणणीय संकटले गर्दा । हाम्रो आफ्नो क्षमताले मात्रै यस क्षेत्रमा काम गर्न सक्दैनौँ । त्यसैले यो ग्लोबल एजेण्डा बन्नुपर्छ । माउण्टेनको एजेण्डालाई युएनएफसिसिसिको मुल एजेण्डा कहिले पनि बन्न सकेको छैन । सधैँ पेरिफेरिमा छ । जब माउण्टेनको एजेण्डा युएनएफसिसिसिको कोर बिजनेस बन्छ तब यसमा इन्भेस्टमेण्ट हुन्छ ।


इसिमोड प्रमुख पेमा ग्यामात्सोले सांस्कृतिक र धार्मिक रुपमा पनि माउण्टेनको निकै ठूलो महत्व रहेको उल्लेख गर्दे उहाँले हिमालको संरक्षणमा सबैले योगदान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले हिउँ पग्लिएको विषय जलवायु परिर्वतनका कारण मात्रै नभएको भन्दै मानविय गतिविधिहरुलाई पनि पुनःमूल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो । मानव विकासको सबै चरणमा आवश्यक कुरालाई अहिलेसम्म हिमालले दिँदै आएकाले अब मानव समुदायले हिमाल संरक्षणमा योगदान पु¥याउन आवश्यक रहेको बताउनु भयो ।


पूर्वसचिव मधुकुमार मरासिनीले जलवायु परिवर्तनका असर कम गर्न सरकार र अन्तर्राष्ट्रिय समुदायको मात्रै मुख ताक्ने नभइ आफ्नो ठाउँबाट सबैले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । नेपाल जलवायु परिवर्तनको उच्च जोखिम भएको मुलुक रहेको भन्दै त्यसको असर न्युनिकरणका लागि नेपालले लगानी बढाउन जरुरी रहेको बताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सरकारले स्पष्ट रोडम्याप बनाउनुपर्नेमा जोड दिनुभयो ।

Previous Post

राष्ट्रिय सूचना आयोगमा पछिल्लो एक महिनामा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन

Next Post

नयाँ गभर्नरको टुंगो छैन, का.मु.को जिम्मेवारी पाएकी ढुंगानाले के गर्न सक्छिन् ?

Next Post

नयाँ गभर्नरको टुंगो छैन, का.मु.को जिम्मेवारी पाएकी ढुंगानाले के गर्न सक्छिन् ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन