• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मालवाहक सवारी चेकजाँचमा प्रहरीबाट सहयोग मिलेनः मन्त्री दाहाल

नीतिप्रेस by नीतिप्रेस
April 7, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्ड विपरितका सवारी साधनहरु चलाउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


सोमवार सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री दाहालले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले मापदण्डविपरितका गाडीहरुको कारण यात्रुवाहक सवारी साधनहरुमा समेत प्रभाव परेको र गृह मन्त्रालयसँग बसेर आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने बताउनु भयो । उहाँले मालवाहक सवारी साधनहरुको तौलपुलको विषयमा समेत सरकारको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले मालवाहक गाडिहरुको नाप तौलबारे अध्ययन गर्न कार्यदल बनाएको र उक्त समस्या छिट्टै समाधान गरिने बताउनु भयो । उहाँले मालवाहक सवारी साधनको अनुगमन र आवश्यक कारबाही प्रक्रियामा प्रहरीले सहयोग नगरेको समेत बताउनु भयो । प्रहरीले चालकबाट पैसा खाएर ओभरलोडका गाडिहरु चलाउन दिएको आरोप लगाउनु भयो । उहाँले गाडिहरुको ओभरलोडका सम्बन्धमा गृह मन्त्रालयसँग आवश्यक छलफल गर्ने बताउनु भयो । निर्माणाधीन नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा यात्रुवाहक सार्वजनिक सवारी चलाउन सहज वातावरण निर्माण गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । स्तरोन्नति भइरहेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार र निर्माणका लागि पहिलो चरणमा यही चैत २७ गते देखि ३१ गतेसम्म दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइने जनाएको थियो । यसप्रति यातायात व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् ।
मन्त्री दाहालले भन्नुभयो, ‘मापदण्डविपरितका गाडिहरु विपी राजमार्गमा चलेको भन्ने धेरै पहिलेदेखि नै कुराहरु आइराखेको हो । यो बाटो नबिग्रिदा पनि यो विषय आएको थियो । त्यसमा केहीलाई हामीले कारबाही पनि ग¥यौँ । तर यो विकृति चाहीँ यथावत नै छ भनेर यहाँहरुले भन्नुभएको छ । मापदण्डविपरितका गाडिहरुलाई रोक्नका लागि हामी लाग्छौं । यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं । यसको बारेमा गृह मन्त्रालयसँग समेत बसेर कुरा गर्छौं । तौलपुलको सम्बन्धमा तपाईहरुले दिनुभएको सुझावप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामी त्यसका लागि कार्यदल बनाएर अध्ययन गर्छौं । तुरुन्तै त्यसलाई समाधान गर्नुपर्ने भएको छ । यस सम्बन्धमा नेपाल प्रहरीबाट हामीलाई सहयोग भएन । असहयोग भयो क्या । यो विषयमा पनि हामीले गृह मन्त्रालयसँग नै बस्नुपर्ने भएको छ । किनभने जहिले पनि यस्तै विकृति हुने कुराले त देशलाई कुनै फाइदा पुग्दैन नि । पैसा खाएर ओभर लोडका गाडिहरु चलाउन दिने कुराले त स्वभाविक रुपले सार्वजनिक सम्पत्ति नोक्शान भइरहेको छ । त्यसकारण यो विकृतिलाई हटाउनको लागि लाग्ने कुरा म यहाँहरुलाई जानकारी गराउँछु ।


यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडकहरुमा भइरहेको राजनीति अन्त्य गर्न सुझाव दिनुभयो । उहाँले यात्रुवाहक सार्वजनिक सवारी साधन चल्ने सडकहरुमा प्राविधिक रुपमा सहयोग गर्न मन्त्रालयसँग आग्रह गर्नुभयो । उहाँले यात्रुवाहक सवारी साधन सहज ढंगले हिँड्ने वातावरण मिलाउन मन्त्री दाहालको ध्यानाकर्षण गराउनु भयो । उहाँले छलफलपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै देशभरको सडकमा सार्वजनिक सवारी साधनका लागि उपयुक्त वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै माग सम्बोधन नभएर सडक आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । उहाँले उहाँले दाउन्नेमा मालवाहक सवारीका कारण सार्वजनिक सवारी साधनहरुले दुःख पाइरहेको उल्लेख गर्दै केही दिनमा समाधान नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।  
उहाँले भन्नुभयो, ‘सडकमा धेरै राजनीतिकरण भयो के । सडकमा राजनीतिकरण नगरिदिनको लागि सबै राजनीतिक दल र तल रहेका निकायहरुलाई पनि हार्दिक अनुरोध गर्दछौं । विभिन्न क्लवहरुले दुःख पनि दिनुभएन । सडक बनाउने ठाउँमा प्रविधिक रुपमा सहजिकरण पनि गरिदिनुपर्यो । हामीलाई यात्रुवाहक सवारी साधन सहज ढंगबाट हिँड्नेगरी बाटो चाहियो । किनभने यात्रु सवारीमा चढिसकेपछि समस्या भयो भने हामीलाई नै कराउने हो । त्यसकारण यदि अब पनि दाउन्नेमा यस्तै स्थिति भयो हामी यात्रुवाहस सवारी साधन चलाउँदैनौं । आज हामीले देशभरैकै सडकको अवस्थाका बारेमा हामीले कुरा उठान गरेका छौं । यदी केही दिनमा सम्बोधन भएन भने हामी महासंघ र मजदुर टे«ेड युनियन सडकमा आउने अवस्था आउँछ ।


यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले वायु प्रदुषण बढ्नुमा सार्वजनिक सवारी साधनको मात्र नभई निजी र व्यक्तिगत गाडिहरुको योगदान पनि उत्तिकै रहेको बताउनु भयो । उहाँले सार्वजनिक यातायातभन्दा संस्थागत र नीजि सवारीसाधनको कारण बढी वायु प्रदुषण भइरहेको बताउनु भयो । उहाँले मोटरसाइकलहरुलाई समेत वायु प्रदुषणको मापदण्डभित्र राखेर चेकजाँच गर्न माग गर्नुभयो । उहाँले मोटरसाइकलबाट निस्कने धुँवा वातावरणका लागि झन खतरनाक हुने भएकोले तुरुन्त कार्यविधि बनाएर चेकजाँचको प्रक्रिया अगाडि बढाउनुपर्नेमा उहाँको जोड छ ।
अध्यक्ष स्वाँरले भन्नुभयो, ‘अब मोटरसाइकललाई पनि पोलुसन मापदण्डभित्र ल्याएर त्यसको चेकजाँच गर्नुपर्नेछ । मोटर साइकलको हेभी भोल्युम छ । सार्वजनिक यातायातभन्दा संस्थागत र नीजि सवारीसाधनहरु बढी मात्रामा छन् । यिनीहरुको सन्दर्भमा मापदण्ड लागु गर्नुपर्छ । सार्वजनिक यातायातले त पब्लिकलाई सुविधा नै दिने हो । अहिले उपत्यकाभित्र १० लाखभन्दा बढी मोटरसाइकल चल्छन् । ति मोटरसाइकलहरुको सन्दर्भमा हामीसँग मापदण्ड नै छैन । दशौं लाख मोटर साइकलहरुले उपत्यकाभित्र चल्दा कति फोहोर हुन्छ ? विज्ञहरुले नै भनेका छन् कि मोटरसाइकलबाट आउने धुवाँ झन खतरनाक हुन्छ । अब तुरुन्त एउटा कार्यविधि बनाएर त्यसलाई पनि चेकजाँच गर्ने गरेर अनुगमन गरिदिनुपर्यो ।


निर्माणाधिन सडकहरुमा मालवाहक सवारी साधनमा रोक लगाएर भएपनि सार्वजनिक सवारी साधन चल्ने वातावरण मिलाउनुपर्नेमा व्यवसायीको जोड छ ।

Previous Post

नयाँ गभर्नरको टुंगो छैन, का.मु.को जिम्मेवारी पाएकी ढुंगानाले के गर्न सक्छिन् ?

Next Post

‘नेपाल–भारतबीचको सम्बन्ध बहुआयामिक छ’ः उपमहासचिव ज्ञवाली

Next Post

‘नेपाल–भारतबीचको सम्बन्ध बहुआयामिक छ’ः उपमहासचिव ज्ञवाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन