• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाल विश्व शान्तिको पक्षमा छ, सामरिक सैन्य गठबन्धनमा सामेल हुँदैनः प्रधानमन्त्री ओली

नीतिप्रेस by नीतिप्रेस
April 7, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको सामरिक स्वार्थको सैन्य गठबन्धनमा सामेले नहुने बताउनुभएको छ ।


सोमवार काठमाडौंमा आयोजित हिमालयन संवादमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल विश्व शान्तिको पक्षमा रहेकाले कसैको लडाइँ झगडामा सामेल नहुने प्रष्ट नीति रहेको बताउनु भयो । उहाँले भूराजनीतिको चपेटामा परेर ठूलाले जे भन्यो त्यही मान्ने पक्षमा नेपाल नरहेको बताउनु भयो । राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तरदायित्व र जवाफदेखितालाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले नेपाल दुई ठूला छिमेकी देशको बीचमा रहेकाले दुवै मित्रराष्ट्रसँग बराबरको सम्बन्ध कायम गर्नुपर्ने बताउनु भयो । कोल्टे पर्ने राजनीतिले समस्या निम्त्याउने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘भूराजनीति सचेत प्रयास अगाडि बढाउने कुरा हो । यसले सचेतनताका साथ राष्ट्रिय हितका सच्याइहरुलाई अगाडि बढाउ भन्छ भूराजनीतिले । आफ्ना न्यायोचित पक्षहरु विचारहरु छोड राष्ट्रिय हितलाई छोड भन्दैन भूराजनीतिले । भूराजनीतिको कुरा गर्दा न्यायोचित हुनुपर्छ राष्ट्रिय हित भनेको र अर्को कुरा अन्तर्राष्टिय उत्तरदायित्व र जवाफदेहिता जिम्मेवारीपनका साथ प्रश्तुत गरिएको हुनुपर्छ । नत्र भने या त खोक्रो आडम्बर मात्रै बाँकी हुन्छ या त बलियाको हतियार बन्छ । राष्ट्रिय हित मात्रै जायज छ भन्ने हो भने बलियाले जे ग¥यो त्यही जायज होला । हामीले हाम्रा छिमेकीहरुको जायज चासो, चिन्ता र सरोकारहरुलाई ध्यान दिनुपर्छ र त्यसलाई ख्याल गरेर काम गर्नुपर्छ । कोल्टिने राजनीति गर्नु हुँदैन । राष्ट्रिय हितलाई केन्द्र भागमा राख्नुपर्छ बराबरीको मित्रता । पेकिङको नजिक पुगिस् कि भन्यो भने नेपालमै छु भन्नुप¥यो । दिल्लीको नजिक पुगिस् कि भन्यो भने काठमाडौंमै छु भन्नुपर्छ । हामी आफ्नै ठाउँमा छौँ शत्रुता कसैसँग छैन । सबैसँग मित्रता छैन शत्रुता । हामी कुनै कसैको सामरिक सैन्य गठबन्धनमा लाग्दैनौँ । सामेल हुँदैनौँ प्रष्ट नीति छ । लडाईंको पक्ष विपक्षमा लाग्दैनौँ हामी शान्तिको पक्षमा छौँ । हामी विश्व शान्तिको पक्षमा छौँ ।’


प्रधानमन्त्री ओलीले भूराजनीतिको आडमा राष्ट्रको हित र आवश्यकता प्रश्तुत गर्न नसक्ने कमजोरी गर्नु नहुने बताउनु भयो । छिमेकी राष्ट्रहरुसँग सही विषयमा खुला छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले छिमेकीहरुसँगको न्यायोचित सम्बन्ध आवश्यक भएको बताउनु भयो । देशको आवश्यकता पूरा गर्न बजार र व्यापारको अवसर, विकास निर्माणलगायतका सहयोग जुटाउन राष्ट्रिय हितलाई बहुआयामिक बनाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय हित बहुआयामिक शब्द छ । यसका धेरै आयामहरु छन् ति सबै आयामहरु  यसका भूगोल, विकास, विकासका लागि सहयोग कसरी जुटाउने सबै पर्छन् । सहायता र सहकार्यका कुराहरु पर्छ, बजार र व्यापारको अवसरको कुरा पनि पर्छ । हामी यी सबैलाई न्यायोचित बनाउन चाहन्छौँ । हाम्रो छिमेक सम्बन्ध न्यायोचित हुन पर्छ । तर भूराजनीति भन्ने शब्दको आडमा आफ्नै कमजोरी आफैँले आफ्नै कुरा र हितका कुरा पनि भन्न नसक्ने कमजोरी  त्यसलाई ढाकछोप गर्ने माध्यम बनाउनु हुँदैन । खुलस्त कुराकानी गर्नुपर्छ  मित्रहरुका बीचमा । हामीले सँधै सही कुरा राख्नुपर्दछ र छलफलमा जानुपर्छ ।’


प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेको वर्तमान सरकार राष्ट्रिय सहमती र एकताको बाटो भएको बताउनु भयो । देशमा समस्या पर्दा राजनीतिक स्थिरता दिन सबै दलहरु एकजुट हुने गरेको भन्दै उहाँले राष्ट्रिय हितमा अडिग रहेर संवद्र्धन र रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

Previous Post

नेपाल–भारतबीचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

Next Post

तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौं रोहित

Next Post

तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौं रोहित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन