• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल

नीतिप्रेस by नीतिप्रेस
April 11, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रुपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प नभएको बताउनुभएको छ ।


शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादको बाटोमा अघि बढ्न चीन सरकारले नेपालको सहयोग गर्ने विश्वास लिएको बताउनु भयो । उहाँले केही समयअघि मात्रै संघीय संसदका दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानविन आयोग सम्बन्धी कानून सर्वसम्मत रुपमा पारित भएको बताउनु भयो । विश्वभरबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुंग्याउन सफल भएकोमा प्रशंसा भइरहेको अध्यक्ष दाहालको दाबी छ । नेपाल र चीन विश्वासिलो छिमेकी हुनुका साथै साझा सीमा भएपनि कनेक्टिभिटीका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । नेपालले अझै पनि चीनको विकासबाट अधिकतम लाभ लिन नसकेको बताउनु भयो । नेपाल र चीनबीचको सम्बन्धलाई शान्ति, मित्रता र समृद्धिको उदाहरणका रुमपा विकास गर्न प्रतिवद्ध रहनुपर्ने बताउनु भयो । 
अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपाल र चीन विश्वासिलो छिमेकी हुनुका साथै साझा सीमा भएपनि कनेक्टिभिटीका क्षेत्रमा धेरै काम गर्न बाँकी नै छ । नेपालले अझै पनि चीनको विकासबाट अधिकतम लाभ लिन सकेको छैन । चीनले नेपालको सीमा नजिक रेल मार्ग बिस्तार गरिसकेको छ । त्यसलाई नेपालसँग जोड्ने प्रयास भइरहेको बुझिन्छ । यसलाई नेपालका विभिन्न क्षेत्रसँग जोड्ने कुरामा पनि सकारात्मक छलफल भइरहेको बुझिन्छ । यो परियोजना छिटै व्यवहारमा ल्याउन दुवै देशले कार्ययोजना बनाउनेमा नेपाली जनता ढुक्क छ । यि सकारात्मक पक्षहरु हुन् । जुन नेपालको विकासमा सहयोगी सिद्ध हुनेछन् । दुई देशको मित्रता र सहयोगी सम्बन्धलाई थप मजबुत बनाउने कुरामा विश्वास गर्न सकिन्छ । नेपाल र चीनबीच सहयोगका धेरै क्षेत्रहरु छन् । जुन अध्ययन र अन्वेषण गरी जतिसक्दो छिटो कार्यान्वयन गर्न ध्यान दिन जरुरी छ । चीनको समृद्धिबाट लाभ उठाउने जिम्मेवारी हामी नेपालीहरुको हो । चीन पनि नेपालको समृद्धिप्रति जिम्मेवार रहेको मैले बुझेको छु । नेपालको समृद्धिका लागि चीन गम्भीर छ । यसलाई व्यवहारमा परिणत गर्न जरुरी छ । आपसी तालमेल र सहयोगात्मक रुपमा विकास कार्यहरु अघि बढाउन नेपाल र चीन दुवै देशका लागि आवश्यक छ । यो दुवै देशको हितमा छ । आशा छ भविष्यमा दुवै देशले अझ बढी महशुस हुनेगरी संयुक्त रुपमा व्यवहारमा उतार्न सफल हुनेछन् । हामी नेपाल र चीनबीचको सम्बन्धलाई शान्ति, मित्रता र समृद्धिको उदाहरणका रुमपा विकास गर्न प्रतिवद्ध रहनुपर्दछ । नेपालमा संविधान सभाबाट जननिर्वाचित प्रतिनिधिहरु समानुपातिक, समावेशी, धर्मनिरपेक्षता सहतिको समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सफल भएका छौँ । यसै क्रममा केही समयअघि मात्रै संघीय संसदका दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानविन आयोग सम्बन्धी कानून सर्वसम्मत रुपमा पारित भएको छ । विश्वभरबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुंग्याउन सफल भएकोमा प्रशंसा भइरहेको छ । अब समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रुपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैन ।’


अध्यक्ष दाहालले नेपालमा संविधान सभाबाट जननिर्वाचित प्रतिनिधिहरु समानुपातिक, समावेशी, धर्मनिरपेक्षता सहतिको समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सफल भएको उल्लेख गर्नुभयो ।

Previous Post

इजिप्टको वार्षिक मुद्रास्फीति मार्चमा १३.१ प्रतिशतले बढ्यो

Next Post

बिआरआई परियोजना रोक्ने प्रयास भयोः महासचिव गुरुङ

Next Post

बिआरआई परियोजना रोक्ने प्रयास भयोः महासचिव गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन