• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बिआरआई परियोजना रोक्ने प्रयास भयोः महासचिव गुरुङ

नीतिप्रेस by नीतिप्रेस
April 11, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बिआराआई परियोजना प्रक्रिया घुमाउरो ढंगले रोक्ने प्रक्रियाको शुरुवात भएको बताउनुभएको छ ।


शुक्रवार काठमाडौंमा आयोजित ‘नेपाल–चीन इकोनोमिक एण्ड बिजनेस समिट–२०२५’ लाई सम्बोधन गर्दै उहाँले यस्तो आशंका व्यक्त गर्नुभएको हो । उहाँले राष्ट्रिय निकुञ्जभित्र पर्ने राष्ट्रिय आयोजनाअन्तर्गतका सडक सञ्जालका पूर्वाधार निर्माणमा अदालतले गरेको रोक्काप्रति सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो । नेपालको उत्तरी क्षेत्रमा जोड्ने सडक सञ्जालमा बिआरआई जोडिएको भन्दै उहाँले पुनरावलोकनमा जानै नमिल्ने गरी पूर्वाधार निर्माणमा रोक्का गर्ने संवैधानिक इजलासको फैसलाबारे नेपाल र चीनको दुई पक्षीय सम्बन्धका बारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भयो । दुई देशबीच भएका विकास निर्माणका कतिपय सम्झौताहरु हाम्रै कारण कार्यान्वयन नभएको उहाँको भनाइ छ । उहाँले दुई देशबीचको सहायतालाई उच्च प्राथमिकता दिएर तिब्रताका साथ कार्यान्वयनमा लैजानुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दौन्त्य सम्बन्धको सन्दर्भमा हामीले यसप्रकारका सहायतालाई बेवास्ता गर्नु हुँदैन, उपेक्षा गर्नु हुँदैन । र यसलाई अझ बढावा दिन तिब्र गतिमा लैजाने प्रत्रियामा कार्यान्वयनको क्षेत्रमा पनि तिब्र गतिमा लैजानुपर्छ । विगत कालमा सम्मातित राष्ट्रपतिले दुई पक्षीय हितको भ्रमणको सन्दर्भमा किन नहोस्, प्रधानमन्त्रीहरुको दुई पक्षीय सम्बन्धको हितमा भएको भ्रमण किन नहोस् थुप्रै पकारका सम्झौताहरु भएकाछन् । र सम्झौता हुँदाहुँदै पनि कार्यान्वयनको पाटोको बारेमा विलम्व भइरहेको छ । विलम्बतालाई तिब्रता दिनु जरुरी छ । र कार्यान्वयलाई तीव्र गतिमा पहल गर्नु जरुरी छ । लामो समयपछि बिआरई सम्झौता भएको छ । यो सकारात्मक कुरा हो तर कार्यान्वयनको पाटोमा अझैपनि चुनौति छ । कार्यान्वयनमा हाम्रो आफ्नै कारणहरुले पनि केही चुनौति रहेका छन् । यसबारेमा हामीबीच भएको बहसको अतिरिक्त अदालतले गरेको एउटा फैसला राष्ट्रिय निकुञ्जहरुमा राष्ट्रिय पूर्वाधारहरु निर्माण हुने अदालतले रोक्का गर्ने भनेर जुन फैसला गरेको छ, त्यो फैसलाले गर्दा राष्ट्रिय निकुञ्जहरु उत्तरतर्फ जोड्ने कनेक्टीभिटीका सडकहरु राष्ट्रिय निकुञ्जभित्र पर्छन् । सैवैधानिक इजलाशले गरेको फैसला जहाँ  पुनरावलोकन गर्ने पनि ठाउँ छैन । त्यस्तो अवस्थामा जुन फैसला गरेको छ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्वाधार निर्माण गर्न कसरी लैजाने भन्ने ठुलो च्यालेन्ज देखिएको छ । यो विषयमा नेपाल सरकारले गम्भीरता पूर्वक लिनुपर्ने अवस्था छ । किनभने यस्को सम्बन्ध बिअराआईसँग जोडिएको छ ।उत्तरी क्षेत्रसँग जोड्ने बाटाहरु निर्माण विषयसँग जोडिएको छ । यस्तो प्रकारले नजानिदो किसिमले घुमाउरो ढंगले बिआरआईको परियोजना प्रक्रियालाई रोक्ने सुरुवात भयो कि भनेर आशंका लिने ठाउँ देखिन्छ । यस्तो च्यालेन्जले गर्दाखेरि हामीले आफ्नो विकास निम्ति दुई पक्षीय सम्बन्धका लागि गम्भीरतापूर्वक लिनुपर्ने अवस्था छ । कतिपय परियोजनाहरु सम्झौता हुन सक्ने तर हाम्रा आफ्नै जटिलताले गर्दा ठिक तरिकाले क्रियान्वयन हुन नसक्ने अवस्थाहरु पनि अवश्यहरु देखिन्छन् भन्ने लाग्छ । यस्ता पक्षहरुमा पनि हाम्रो ध्यान पुग्नु जरुरी छ ।’


महासचिव गुरुङले विश्व राजनीतिक परिस्थिति तथा क्षेत्रिय भूराजनीतिक अवस्थाका कारण पनि नेपाल र चीन बीचको सम्बन्धलाई थप परिभाषित र विकसित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

Previous Post

समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल

Next Post

चोभार सुख्खा बन्दरगाहा कन्टेरनरहरु आउने क्रम बढ्यो

Next Post

चोभार सुख्खा बन्दरगाहा कन्टेरनरहरु आउने क्रम बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन