• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विचार व्यक्त गर्नकै लागि हिंसा आवश्यक छैनः प्रधानमन्त्री ओली

नीतिप्रेस by नीतिप्रेस
April 17, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


प्रधानमन्त्री केपी शर्मा ओलीले वचार व्यक्त गर्दा सभ्य भाषा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।


बहीवार काठमाडौंमा आयोजित नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा विगतमा द्वन्द्वरत पक्षलाई निर्वाचनको प्रतिष्पर्धाबाटै शान्तिपूर्ण राजनीतिमार्फत आफ्ना योजना अगाडि बढाउन सकिने बाटो देखाएर हिंसाको बाट छोड्न सहमत गराएको बताउनु भयो । उहाँले विचार व्यक्त गर्नकै लागि हिंसा आवश्यक नभएको पनि उल्लेख गर्नुभयो । विचार व्यक्त गर्नका लागि अमर्यादित तथा समाजलाई पाच्य नहुने गालीगलोजको भाषा प्रयोग हुनु सामाजिक र राजनीतिक दृष्टिकोणमा पनि गलत भएको उहाँको भनाइ छ । उहाँले नेकपा एमालेले विचारकै माध्यमबाट विगतमा निर्वाचन जितेर एकलौटी सरकार निर्माण गरेर ऐतिहासिक काम गरेको दाबी गर्नुभयो । साशकले जनताको अधिकार खोस्ने तथा दमन गरेको अवस्थामा मात्रै जनता हिंसामा उत्रिनसक्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘द्वन्द्व नहुनु पथ्र्यो भयो, धेरै मेहेनतका साथ हामीले उहाँहरुसँग संवाद गरेर उहाँहरुलाई सम्झाएर । यो बाटोबाट कहीँ पुगिनेवाला छैन भनेर, र फेरि पनि प्राप्त गर्ने के हो ? कसैका विचारका लागि मुख थुन्ने तपाईलाई साध्य हुन्न । गलत क्रियाकलाप रोक्न सकिन्छ तर विचार रोक्न सकिँदैन । विचार व्यक्त गर्ने कुरालाई समुचित ढंगले व्यक्त गर्नुपर्छ । अश्लिल, असामाजिक, गालीगलोज अमर्यादित समाजलाई स्वीकार्य नहुने असभ्य भाषा शैली भावभंगीको प्रयोग उपयुक्त हुँदैन । विचार व्यक्त गर्न पाइन्छ सदैव खुल्ल छ । अनि फेरि प्रतिस्पर्धा गर्न पाइन्छ र जनताको बीचमा चाहिन्छ । द्वन्द्व शुरु हुनुभन्दा पहिले नेकपा एमालेले जितेर चुनाव जितेर एकल सरकार बनाएर ऐतिहासिक कामहरु गरी सकेको छ । ति ऐतिहासिक कामहरुबाट त्रसित भएर अरुको अस्तित्व संकटमा परेको महशुस गरेर अनेक तरिका अपनाएर नेकपा एमालेलाई  त्यसबेला सरकारबाट विस्तावित गरिएको थियो । ति कुराहरु उहाँहरुलाई बुझायौँ । शान्तिपूर्ण ढंगले शान्तिपूर्ण बाटोबाट अगाडि जान र सरकार बनाउन सकिन्छ आफ्ना नीतिहरु कार्यान्वयन गर्न सकिन्छ भने हिंसाको बाटो किन चाहियो ? हिंसा त त्यतिबेला स्वीकार्य हुनसक्छ जति बेला निहत्ता जनतालाई सत्ताले दमन गर्छ अधिकार खोस्छ अधिकार दिँदैन र अधिनायकवादी जहानीयाँ शासन राणा होस् या शाह होस् जन्मसिद्धको श्रेष्ठताको सिद्धान्तको आधारमा जन्मदै कोही राजा हुन जन्मिने कोही श्री ३ हुन जन्मिने श्री ५ हुन जन्मिने यस्ता भ्रमपूर्ण र मूर्खतापूर्ण कुरालाई वास्तवमा अस्वीकार गरेर जनताले अगाडि जान सक्ने अवस्था छ । यसकारण हिंसा रोकनुस् भनेर हिंसा रोकन लगाइयो ।


प्रधानमन्त्री ओलीले नेपालमा भएको द्वन्द्व पीडितहरुको न्यायका लागि शान्ति निरुपण तथा बेपत्ता छानबिन आयोग बनाएर काम अगाडि बढाउन राजनीतिक कारणले ढिलाइ भएपनि अब त्यसका लागि सरकारले काम अगाडि बढाइसकेको बताउनु भयो ।

Previous Post

वैशाखभर सबै जाँचमा ३० प्रतिशत छुट, न्युरोडमा थाइराइड सित्तैमा

Next Post

वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलले काम थालिसक्यो, आउँदो अधिवेशनमा पास हुन्छः मन्त्री भण्डारी

Next Post

वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलले काम थालिसक्यो, आउँदो अधिवेशनमा पास हुन्छः मन्त्री भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन