• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्वास्थ्य मन्त्रालयले भन्योऔषधि लिमिटेड खरिद प्रक्रियामा समावेश छैन, यो किराना पसलबाट सामान किनेजस्तो होइन

नीतिप्रेस by नीतिप्रेस
April 17, 2025
in नेपाली समाचार आजको, समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएको कारणले औषधि खरिद रोकिएको बताएको छ । 


मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयले औषधि खरिद प्रक्रिया अगाडि नबढाउँदा औषधि लिमिटेडले औषधि उत्पादन बन्द गरेको विषयलाई खण्डन गर्नुभएको हो । उहाँले सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेण्डर प्रक्रियाहरूमा सहभागी भई कागजातहरू पूरा भएको खण्डमा लिमिटेडले नै टेण्डर पाउने बताउँदै यो किराना पसलबाट सामान किनेजस्तो नभएको टिप्पणी गर्नुभयो । उहाँले मन्त्रालयले आफ्नो घरेलु र स्थानीय उद्योगहरूलाई प्रोत्साहन गर्ने समेत जिकिर गर्नुभयो ।
डा. बुढाथोकीले भन्नुभयो, “हामी आफ्नै घरेलु र स्थानीय उद्योगहरूलाई प्रोत्साहन गर्छौं । उहाँहरूले दिने मूल्य पनि विदेशीहरूको भन्दा सस्तो हुन्छ भन्ने हामीलाई विश्वास लाग्छ । सार्वजनिक खरिद ऐन र नियमावलीबाट हुने टेण्डर प्रक्रियाहरूमा सहभागी भएर कागजात पूरा गर्नुभयो र सुनिश्चितता गर्नुभयो भने उहाँहरूले नै पाउनुहुन्छ त्यसमा दुई मत छैन । त्यसमा समावेश नभएर किराना पसलबाट समान किनेजस्तै भनेपछि यो नभएको हो । मन्त्रालय विधिमा चल्छ । नियम कानुन मानेर चल्छ ।”


प्रवक्ता डा. बुढाथोकीले औषधी लिमिटेडले जी टु जी (सरकारी टु सरकारी) काम गर्नको लागि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउँदै वर्ष भरी कुनैपनि औषधिको उत्पादन नरोकिने विश्वास दिलाउनुपर्ने बताउनु भयो । टेण्डर प्रक्रियामा नजाने र विजनेश प्लान पनि देखाउने जस्ता कामले मन्त्रालयलाई विश्वास नलागेको जिकिर गर्नुभयो । नेपाल औषधि लिमिटेडले व्यावसायिक प्लान बनाएर उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बजेटको पनि सुनिश्चितता हुने मुख्यमन्त्री लगायतको बैठकमा छलफल भएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अर्थ मन्त्रालयमा औषधि लिमिटेडले पेश गरेको एमओयु स्वीकृत नभएको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, “पछिल्लो समय मुख्यमन्त्री, सचिव लगायतका सरोकारवाला नेतृत्वमा भएको छलफलमा पनि नेपाल औषधी लिमिटेडले व्यावसायिक प्लान बनाएर उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाउने, अर्थ मन्त्रालयले स्वीकृति दियो भने बजेटको पनि सुनिश्चितता गर्छ । त्यो सुनिश्चितताको आधारमा स्वास्थ्य मन्त्रालयले उहाँबाट औषधिहरू किन्ने गरी एमओयु गर्नेगरी तयारी भएको हो । तर अर्थ मन्त्रालयमा उहाँहरूले पेस गरेको एमओयु स्वीकृत पनि भएको छैन । अर्थ मन्त्रालयले प्रत्याभुति पनि नदिएको अवस्थामा स्वास्थ्य मन्त्रालयले तपाइहरूको बिजनेस प्लान हेरौँ न त भन्दा खेरी नदिएपछि हामीले कुन विश्वासको आधारमा २४ औँ घण्टा, १२ महिना औषधि उत्पादन हुन्छ र त्यो औषधिलाई नेपाली जनताले निःशुल्कको रूपमा वा अन्य रूपमा औषधि पाइरहन्छन् भन्ने विश्वास भएन । त्यो विश्वास नभएकोले पनि एमओयु गर्न ढिलाइ भएको हो ।


नेपाल औषधि लिमिटेडले विगत डेढ महिनादेखि सिटामोल र जीवनजल उत्पादन रोकेको छ । कच्चा पदार्थको ठूलो परिमाण खरिद गरेर उत्पादन बढाइए पनि सरकारका विभिन्न निकायहरूले औषधि खरिद नगरेपछि बजारमा विक्री ठप्प हुँदा उत्पादन नै बन्द गर्नुपरेको औषधि लिमिटेडले जनाएको छ ।

Previous Post

वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलले काम थालिसक्यो, आउँदो अधिवेशनमा पास हुन्छः मन्त्री भण्डारी

Next Post

अरुलाई दोष दिएर हुँदैन, सरकारको कार्यशैली बदल्नुपर्छः महामन्त्री शर्मा

Next Post

अरुलाई दोष दिएर हुँदैन, सरकारको कार्यशैली बदल्नुपर्छः महामन्त्री शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन