पोखरा । माझठाना पोखरा सम्पर्क समाजको अध्यक्षमा शारदा लामिछाने चुनिएकी छन् । संस्थाको आठाैँ साधारणसभा एवं पाँचौ अधिवेशनले लामिछानेलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो ।
समाजको प्रथम उपाध्यक्ष रामकृष्ण तिवारी, द्वितीय उपाध्यक्षमा नरेश तिवारी, सचिवमा विष्णुहरि तिवारी, कोषाध्यक्षमा बद्रीनाथ भुर्तेल, सहसचिवमा सुमनबाबु अधिकारी, सहकोषाध्यक्षमा धनकुमारी भुर्तेल छन् ।
कार्यसमिति सदस्यमा राधिका भुर्तेल, विनोद तिवारी, हरिप्रसाद कंडेल, सूर्यराज चपाई, रामप्रसाद कोइराला, वीरेन्द्रराज भुर्तेल, हरिमाया तिवारी, लक्ष्मण बास्तोला, चिरन्जिवि भुर्तेल, राजेन्द्रप्रसाद तिवारी, कृष्णबहादुर भुजेल र विष्णुप्रसाद कंडेल छन् ।
यसअघि अधिवेशन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ्गले जनताको बलले प्राप्त उपलव्धिको रक्षा गर्दै समग्र विकास निर्माणमा जुट्न आग्रह गरे ।
समाजले सामाजिक, आर्थिक, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उनले यसको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष एवं समाजका सदस्य वैनबहादुर गुरुङ्गलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजद्धारा प्रकाशित नयाँ बर्ष २०८२ को क्यालेन्डरसमेत विमोचन गरिएको थियो ।
सो अवसरमा क्यान्सर रोग पीडित रतन परियारको उपचारार्थ ५८ हजार पाँच सय १७ रुपैयाँ नगद सहयोग गरिएको थियो ।
कार्यक्रममा भूमि आयोग कास्कीका अध्यक्ष बैनबहादुर गुरुङ्ग, पोखरा-२८ का वडाध्यक्ष एवं समाज संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, सल्लाहकार ऋषिराम लामिछाने, तोयनाथ लामिछाने, दयाराम तिवारी, दर्गादत्त भुर्तेल, डा. मानबहादुर केसी, सूर्य तिवारी, हरिप्रसाद बास्तोला, टुकाराम लामिछाने, खीमबहादुर गुरुङ्गलगायतले बोलेका थिए ।
समाजका अध्यक्ष भोलानाथ ओझाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नरेश तिवारीले सांगठानिक र कोषाध्यक्ष विष्णुहरि तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।






