• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा प्रधानमन्त्रीहरुलाई मतलव छैनः उपसभापति गुरुङ

नीतिप्रेस by नीतिप्रेस
April 23, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपाल हिन्दु धर्मावलम्वीहरुको तपोभूमि भएपनि सरकारले प्रचार गर्न नसकेको बताउनुभएको छ ।


मंगलवार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधाममा गएर ध्यान गर्ने र प्रचार प्रसार गरिदिनुभएको तर नेपालकै प्रधानमन्त्रीहरुले चासो नदिने गरेको उल्लेख गर्नुभयो । उहाँले नेपालका धामहरुको प्रचार प्रसार गर्ने हो भने भारतबाट वर्षेनी ठूलो संख्यामा धार्मिक पर्यटकहरु भित्र्याउन सकिने बताउनु भयो । पशुपतिनाथमा चढाएको जलहरिको विषयमा नेपालीहरु आलोचना गरेर बस्ने गरेको र त्यसले अनास्था फैलिएको उहाँको भनाइ छ । नेपालको धार्मिक स्थलहरुको प्रचार गर्नका लागि पहिला ताप्के (नेपाल) तात्नुपर्ने र बिँड (भारत) तातेर अर्थ नरहने बताउनु भयो ।  उहाँले सरकारले भारतीय सेनामा नेपालीहरुलाई भर्ती हुनबाट रोक्दा रुस–युक्रेन लगायतका देशहरुमा नेपालीहरु सेनामा भर्ती भएर जीवन कटाउन बाध्य हुनुपरेको जिकिर गर्नुभयो । 
उपसभापति गुरुङले भन्नुभयो, ‘हामीले भारतीय सेनामा भर्ती रोक्यौँ । तर मान्छेले खोज्दै जाँदा बाँच्नका लागि कतिसम्म गर्छ भन्नेकुरा त युक्रेन र रसियाको युद्धमा नेपालीहरु भर्ती भएर हाृमिएको कथा र व्यथा सुन्दा पनि त हामीलाई स्पष्ट हुन्छ नि । हामी नेपालीहरुले अभावमा आफूलाई बाच्नका लागि कहाँसम्म पु¥याउने गर्दछौँ भन्नेकुरा । भुमिका खोज्दै गर्दा पहिला आफ्नो भुमिकाको पहिचान गर्ने की छिमेकीको भुमिका खोज्ने हो ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथमा आएर पूजा गर्नुहुन्छ, तर हामी त्यही पशुपतिनाथको जलहरिको विषयमा mगडा गरिरहेका हुन्छौँ । हामीले आस्था जगायौँ की अनास्था फैल्यायौँ । भारतीय प्रधानमन्त्री पशुपतिनाथमा मात्र नभइ जानकीधाममा पनि आउनुभएको छ । मुक्तिनाथ धाममा गएर पूजा गर्नुहुन्छ, लुम्बिनीमा गएर घण्टौँ ध्यान गर्नुहुन्छ । तर हाम्रो प्रधानमन्त्रीले ध्यान गरेको कुरा कहिल्यै सुन्नुभएको छ । कहिल्यै समाचारमा आएको छ ? ताप्के नतातिएपछि बिँड तातिनुपर्छ भन्नेकुरा कहाँको हो यो । ताप्के तातिनुप¥यो नि त हामी । झन्डै डेढ अर्ब जनसंख्या भएको भारतमा बहुसंख्यक छन् । हिन्दु धर्मका लागि नेपाल तपोभूमि हो । तपोभूमिको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कहिले पशुपति, कहिले मुक्तिनाथ धाम, कहिले लुम्बिनी, कहिले जानकीधाममा देखिनुहुन्छ, तर हामी कहाँ छौँ ? ’


उपसभापति गुरुङले छिमेकीसँग प्रगाढ सम्बन्ध राखेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले आफूले केही नगर्ने र अरुले सबै गरिदिनुपर्ने सोच राखेर हिँड्न नहुने बताउनु भयो । उहाँले नेतृत्वमा बसेकाहरुले आफ्नो भुमिका सोच्नुपर्ने र मात्रै नेपालको समृद्धिमा भारतको भुमिकाका बारेमा छलफल गर्न उचित हुने उल्लेख गर्नुभयो ।

Previous Post

देश अहिले ट्रयाकमा छ, समावशी संघीयतालाई बचाउनुपर्छः पूर्वराष्ट्रपति यादव

Next Post

अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छः शेष घले

Next Post

अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छः शेष घले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन