• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न, महायज्ञको सन्देश फैलियो

नीतिप्रेस by नीतिप्रेस
April 25, 2025
in धर्म/संस्कृति, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, बैशाख १२, २०८२

मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं ट्याक्सीहरू सहभागी भए।

र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्‍यालीले पोखरावासीमाझ महायज्ञको सन्देश पुर्‍याउनुका साथै सामाजिक एकता र धार्मिक जागरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। “यो र्‍यालीले पोखरेली जनतामा धार्मिक र सामाजिक सद्भावको भावना जागृत गरेको छ। हामी सबैको सहयोगले महायज्ञलाई भव्य र सभ्य बनाउनेछौं,” उहाँले भन्नुभयो।

र्‍यालीमा सहभागी ट्याक्सी चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरेका थिए। स्थानीय बासिन्दा र दर्शकहरूले र्‍यालीलाई उत्साहपूर्वक स्वागत गरेका थिए। र्‍यालीका क्रममा पोखराको सडकमा धार्मिक भजन र सन्देशमूलक नाराहरू गुञ्जिएका थिए।

मानवसेवा फाउण्डेशनले महायज्ञको तयारीलाई तीव्रता दिँदै थप कार्यक्रमहरूको आयोजना गरिरहेको छ। बैशाख १३ गते मोटरसाइकल र्‍याली, १४ गते फेवातालमा डुङ्गा र्‍याली र १६ गते बृहत् कशलयात्रा आयोजना हुने फाउण्डेशनले जनाएको छ। यसअघि बैशाख ११ गते साइकल र्‍याली सम्पन्न भएको थियो।

र्‍यालीको सफलताले पोखरेली जनतामा महायज्ञप्रति उत्साह थपिएको छ। फाउण्डेशनले सबै पोखरेलीलाई आगामी कार्यक्रमहरूमा सहभागी भई महायज्ञलाई सफल बनाउन अपिल गरेको छ।

Previous Post

ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैनः मेयर महर्जन

Next Post

कोटिहोम महायज्ञको दर्शन पूर्वजन्मको पुण्यको फल : गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ

Next Post

कोटिहोम महायज्ञको दर्शन पूर्वजन्मको पुण्यको फल : गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन