• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा १ अरब ५२ करोड बढीको खानेपानी योजना सञ्चालन हुने

नीतिप्रेस by नीतिप्रेस
April 25, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १२ वैशाख ।

पोखरा महानगरपालिकाको काँहुडाडा, कृष्ति, भरत पोखरी, निर्मलप‍ोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउनेपानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा २१ र ३३ लाई समेट्ने गरी नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजना अन्तरगत वृहद भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजन, मट्टीखान खानेपानी आयोजना पोखरा २१ र जलवायु अनुकूलित आयोजना अन्तरगत काँहु धरहरा खानेपानी आयोजना पोखरा ११ को निर्माण, सञ्चालन र कार्यान्वयन सम्बन्धमा त्रिपक्षीय समmभदारी पत्रमा हस्ताक्षर भएको हो । 

नगर प्रमुख धनराज आचार्य र सिनियर डीभिजनल इन्जिनियर कुल प्रसाद पौडेल लगायतको रोहबरमा गरिएको समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका का.मु आयोजना प्रमुख पदम बहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र खानेपानी उपभोक्ता समितिका तिनै जना अध्यक्षहरूले हस्ताक्षर गर्नुभएको छ । 

वृहद भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार २०२ रुपैयाँ कुल लागत मध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट रु.२८ करोड ४९ लाख ९१ हजार ८२८ स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा पुगेको छ । यस्तै काँहु धरहरा खानेपानी आयोजनाका लागि कुल ४९ करोड १७ लाख १७ हजार ६०३ रुपैयाँ मध्ये २१ करोड ६ लाख २४ हजार १४० रुपैयाँ र मट्टीखान खानेपानी आयोजनाको कुल ५१ करोड ७७ लाख ७६ हजार २०२ रुपैयाँ मध्ये २८ करोड ४९ लाख ९१ हजार ८२८ रुपैयाँको अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । समझदारी अनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु आ.वमा पोखरा महानगरपालिकाले त्यसको १० प्रतिशत रकम बेहोर्ने छ । तीन वटै परियोजनाको कुल लागत १ अरब ५२ करोड ७२ लाख ७० हजार ७ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । परियोजनाको कुल लागतको ९० प्रतिशत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बेहोर्ने छ । 

वृहद भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना अन्तरगत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी सङ्कलन तथा प्रशोधन गरी १७ कि.मी सिमलेस सहित ३५ कि.मी पाइपमार्फत उपोक्ताहरुको घरघरमा पानी पुर्याईने छ । यस आयोजनाबाट करिब २४ सय घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले बताउनुभयो । यस आयोजनामा २००, १००, ७५, ५० र २० घन मिटरका ११ वटा पानी ट्याङ्कीहरू निर्माण हुनेछन् । यस्तै काँहु धरहरा खानेपानी आयोजना अन्तरगत काँहुमा प्रशोधन केन्द्र निर्माण गरी १७ कि.मी पाइपलाइन मार्फत उपभोक्ताको घरघरमा पानी पुर्याईने छ । करिब १५ सय घरधुरी लाभान्वित हुने यो आयोजना अन्तरगत ३ सय घन मिटर एक र १ सय घन मिटरका २ वटा ट्याङ्कीहरू निर्माण गरिनेछ । मट्टीखान खानेपानी योजना अन्तरगत सेतिखोलाबाट शम्पवेल मार्फत पानी पम्पिङ् गरी फेदिखोला गाउँपालिकाको नुवाकोटमा पानी सङ्कलन गरी मट्टीखान क्षेत्रमा वितरण गरिने छ । ३५ कि.मी पानीको पाइपलाइन विस्तार हुनेछ । विभिन्न स्थानमा १५० र ३५ धनमिटर क्षमताका ८ वटा पानी ट्याङ्कीहरू मार्फत आयोजनाले १२ सय घरधुरीलाई पानी वितरण गर्नेछ ।

चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्ने गरी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २०८१ फाल्गुन ८ गते सार्वजनिक टेन्डर समेत आह्वान गरिसकेको छ । आयोजनाको पोखरा कार्यालय प्रमुख कार्यान्वयन इकाई रहेको यी आयोजना सम्पन्न भएपछि ५ हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । आयोजना कार्यान्वयन भएको मितिले ३० महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यी आयोजनाहरू एक घर एक धाराको अवधारणामा सञ्चालन हुनेछन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीहरूलाई आधारभूत खानेपानीको उपलब्धताका लागि आफूहरू क्रियाशील रहेको बताउनुभयो । नगर क्षेत्रमा सङ्घ, प्रदेश र महानगर स्तरीय विभिन्न आयोजनाहरू सञ्चालन गरी उपभोक्ताहरूलाई स्वच्छ र सफा पिउने पानीको व्यवस्था गर्न आफूहरू निरन्तर लागिरहेको उहाँले बताउनुभयो । “पोखरा महानगरपालिकाको भूगोल विविधतायुक्त छ, यहाँ समथर मैदानदेखि अग्ला पहाडी भेगहरू छन्, सबै स्थानमा खानेपानीको सहज उपलब्धता हुननसकिहरेका बेला पछिल्लो पटक निकै ठुलो मिहिनेतका साथ हामी यी आयोजनाहरू सञ्चालन गर्ने क्रममा आइपुगेका छौँ, उहाँले भन्नुभयो, ठुला लगानीका आयोजनामा जनसहभागिता जुटाउन निकै कठिन छ, तसर्थ नागरिकको संवैधानिक अधिकारको प्रत्याभूतिका लागि पनि यसको दायित्व महानगरपालिकाले लिनु पर्दछ भन्ने मान्यताका साथ हामीले प्रतिबद्धता सहित अग्रसरता लिएका छौँ ।” उहाँका अनुसार जी टु जी अवधारणामा उपभोक्ताहरूको तर्फबाट बेहोर्नु पर्ने १० प्रतिशत जनसहभागिता बापतको रकम महानगरपालिकाले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको खातामा पठाइदिने छ । 

पानीको महसुल बुझाउन समेत मुस्किल पर्ने उपभोक्ताहरूलाई जनसहभागिता बापतको रकम महानगरपालिकाले तिरिदिने भएपछि उपभोक्ताहरूमा उत्साह थपिएको समितिका अध्यक्षहरूले प्रतिक्रिया दिएका छन् । यसले आफूहरूलाई योजना सञ्चालनमा ठुलो राहत मिलेको अनुभूति भएको उनीहरूको भनाइ रहेको छ । “पोखरा महानगरपालिकाले असल अभिभावकत्वको आभास दिलाएको छ, वृहद भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले भन्नुभयो, महानगरले जनताको दुखमा सारथिको काम गरेको छ ।” यी आयोजना समयमा सम्पन्न गर्न उपभोक्ताहरूको तर्फबाट सवैप्रकारको सहयोग र समन्वय गर्ने उनीहरूले प्रतिबद्धता जाहेर गरेका छन् ।

Previous Post

अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाइ सबलकिरण गर्न तयार छौँः मन्त्री लामिछाने

Next Post

जनमोर्चा अध्यक्ष केसीको प्रश्नः आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरुले जनतालाई कसरी सम्झाउनुहुन्छ ?

Next Post

जनमोर्चा अध्यक्ष केसीको प्रश्नः आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरुले जनतालाई कसरी सम्झाउनुहुन्छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन