• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चाडपर्व र बिदा कटौती गरेर विद्यार्थीको पठनपाठनमा परेको असरलाई भरपाई गर्ने तयारीमा शिक्षक

नीतिप्रेस by नीतिप्रेस
April 25, 2025
in नेपाली समाचार आजको, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित काठमाडौंमा आन्दोलनरत देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले पठनपाठनमा पुगेको क्षतिको जसरी पनि पूर्ति गर्ने बताएका छन् ।


काठमाडौंको नयाँ बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा २४ दिनदेखि सडक संघर्ष गरेका शिक्षकहरू विद्यार्थीमा पर्न गएको मारप्रति चिन्तित देखिएका हुन् । उनीहरूले विद्यार्थीको पठनपाठनमा पर्न गएको असर र त्यसको क्षतिपूर्ति गर्ने कार्य योजना बनाएका छन् । नेपाल शिक्षक संघ चाँगुनारायण नगरपालिकाका अध्यक्ष इन्जा बाँस्तोलाले विद्यार्थीको पठनपाठनप्रति अत्यन्त चिन्तित रहेको र त्यसको क्षति जसरी पनि पूरा गर्ने बताउनु भयो । उहाँले हिउँदे बिदा, बर्खे बिदा, दशैँ, तिहार जस्ता चाडपर्वहरूलाई कटौती गरेर भएपनि पठनपाठनमा पुगेको क्षतिको भरपाई गर्ने बताउनु भयो । उहाँले विद्यार्थीहरूमाथि कुनैपनि प्रकारको अन्याय हुन नदिने जिकिर गर्नुभयो । वार्षिक शैक्षिक कार्य योजनाहरू तयार गर्न आफूहरूले सडकमै कार्यशाला राख्ने सोच बनाएको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, “हामी विद्यार्थीको पठनपाठनप्रति अत्यन्त चिन्तित छौँ । हामी त्यसको क्षति जसरी पनि पूरा गर्छौं । हिउँदे बिदा, बर्खे बिदा, दसैँ, तिहार जस्ता चाडपर्वहरूलाई कटौती गरेर भएपनि हामी भरपुर रूपमा त्यसको क्षतिपूर्ति गर्ने हामीले कार्य योजना बनाएका छौँ । विद्यार्थीहरूमाथि अन्याय हुन दिँदैनौँ । अहिले आंशिक रूपमा त्यस्तो भएता पनि विगतका वर्षहरूमा पनि वैशाख १५ बाट हाम्रा कक्षाहरू प्रभावकारी रूपमा सञ्चालन भएका हुन् । अहिले भर्नाको समय हो । पाठ्यपुस्तक वितरण, भर्ना, वार्षिक शैक्षिक कार्य पात्रो निर्माण लगायतका कामहरू हामी घरमै बसेर पनि गरिरहेका छौँ । वार्षिक शैक्षिक कार्य योजनाहरू तयार गर्न हामी बाटोमै कार्यशाला राखौँ कि भन्ने पनि सोचिरहेका छौँ ।” 


सरकारले प्रभावकारी रूपमा आफ्ना मागहरूलाई नसुकेको भन्दै सडक संघर्षमा उत्रिनुभएका शिक्षक नित्यराज अधिकारी पनि विद्यार्थीहरूको मारप्रति चिन्तित हुनुहुन्छ । सरकारले नै शिक्षकका मागहरू पूरा गर्नको लागि चासो नदिएपछि यो प्रकारको कठिनाइ अवस्था आएको उहाँले बताउनु भयो । उहाँले अग्रगामी शिक्षा ऐन जारी भएपछि सबै निकास निस्कने भन्दै त्यसपश्चात् आफूहरूले नियमित रूपमा कामलाई अगाडी बढाउने जिकिर गर्नुभयो ।  
उहाँले भन्नुभयो, “विद्यार्थीको मारप्रति हामीलाई पनि दुःख लाग्छ । तर सरकारले नै शिक्षकका मागहरू पूरा गर्नको लागि चासो नदिएपछि यो कठिनाइ अवस्था आयो । यो अग्रगामी शिक्षा ऐन जारी भएपछि निकास निस्किन्छ । त्यसपछि हामी हाम्रा कामहरूलाई नियमित रूपमा अगाडी बढाउँछौँ ।”


नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य रहनुभएका ओखलढुङ्गाका शिक्षक नारायणप्रसाद बास्तोला सरकारले आफूहरूका कुरा नसुनेर शिक्षकलाई असहयोग गरेको बताउनुहुन्छ । उहाँले नेपाली सामुदायिक विद्यालयलाई समयसापेक्ष अगाडी बढाउन लागि विद्यालय शिक्षा ऐन अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले विगतमा सरकारसँग सम्झौता भएका कुराहरू कार्यान्वयन भए मात्रै सामुदायिक विद्यालयको गुणस्तर उकास्ने जिकिर गर्नुभयो । सरकारले भएका सम्झौताहरूलाई कार्यान्वयन नगर्दा  सडकमा उत्रिनुपरेको उहाँले बताउनु भयो ।  
उहाँले भन्नुभयो, “सरकारले हाम्रो कुरा नै सुनेन । हामीले सरकारलाई होइन, सरकारले हामीलाई असहयोग गरेको हो । नेपाली सामुदायिक विद्यालयलाई समयसापेक्ष अगाडी बढाउन सोही किसिमको पाठ्यक्रम, प्रविधिमैत्री गरी खाने शिक्षा, सक्षम सिकाई, अब्बल शिक्षक बनाउनको लागि भनेर नेपाल शिक्षक महासंघले २०७५, ०७८ र ०८० सालमा सरकारको ध्यानाकर्षण गराएको हो र नेपाल सरकारसँग सम्झौता भएका ती कुराहरू, जुन कुराहरू नगरी सामुदायिक विद्यालयको गुणस्तर उकास्ने सम्भावना कम छ । त्यसका लागि हामीले प्रयत्न गरेका थियौँ । सरकार सम्झौता गर्दै, टार्दै जाने र सामुदायिक शिक्षाप्रति उदासीन देखिएको हुनाले यस पटक हामीले विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर, विद्यालय शिक्षा ऐन जारी गर भन्दै सडक आन्दोलनमा छौँ ।”   

 
नेपाल शिक्षक महासंघ भैरवी गाउँपालिका दैलेखका अध्यक्ष ललित सापकोटाले पञ्चायती मसीले २०२८ सालमा लेखिएको शिक्षा ऐनलाई निस्तेज गरी गणतान्त्रिक शिक्षा ऐन जारी गर्नुपर्ने आफूहरूको माग रहेको बताउनु भयो । उहाँले विद्यालय शिक्षा ऐनलाई जारी नगरेसम्म आफूहरू नफर्कने जिकिर गर्नुभयो । आम शैक्षिक रूपान्तरणको निम्ति अग्रगामी शिक्षा ऐन आजको आवश्यकता भएको उहाँको भनाइ छ । 
उहाँले भन्नुभयो, “हाम्रो आन्दोलन आम शैक्षिक रूपान्तरणको निम्ति अग्रगामी शिक्षा ऐन जारी गर्दै मुलुकको गणतान्त्रिक व्यवस्था अनुरूपको समयसापेक्ष शिक्षा ऐन जारी गरेर शैक्षिक रूपान्तरण गर्नुपर्दछ भन्ने ध्येयका साथ पञ्चायती मसीले २०२८ सालमा लेखिएको शिक्षा ऐन जुन १७ वटा टाला परिसकेका छन्, संशोधन भइसकेको छ । १७ वटा टालाले टालिएको पञ्चायती मसीले लेखिएको शिक्षा ऐनलाई निस्तेज गरेर गणतान्त्रिक शिक्षा ऐन जारी गर्नुपर्दछ भन्ने नै हाम्रो मूल उद्देश्य हो । हामी यो समस्या समाधान नगरी फर्कदैँनौं ।”  


सरकारले सामुदायिक विद्यालयलाई अगाडी बढाउनको लागि चासो नदेखाएको शिक्षकहरूले आरोप लगाएका छन् । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका उनीहरू शुक्रवारदेखि शुरु भएको संसद्को बजेट अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुनेमा आशावादी छन् । शिक्षकहरूको आन्दोलनले नयाँ वर्षा, पाठ्यक्रम वितरण लगायतका गतिविधिहरू भने नराम्ररी प्रभावित बनेका छन् ।

Previous Post

जनमोर्चा अध्यक्ष केसीको प्रश्नः आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरुले जनतालाई कसरी सम्झाउनुहुन्छ ?

Next Post

सूचना प्रविधिको पूर्वाधार निर्माणमा एक सय खर्ब लाग्ने आँकलन

Next Post

सूचना प्रविधिको पूर्वाधार निर्माणमा एक सय खर्ब लाग्ने आँकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन