• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शिक्षामन्त्रीले बोलाएको वार्तामा गएनन् शिक्षक महासंघका प्रतिनिधि

नीतिप्रेस by नीतिप्रेस
April 25, 2025
in नेपाली समाचार आजको, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बोलाएको वार्तामा नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू मन्त्रालय प्रवेश नगरी फर्किएका छन् ।


शिक्षामन्त्री पन्तले बोलाएको वार्तामा सहभागी हुन सिंहदरबारको जाने तयारी रहे पनि मन्त्रालय प्रवेश नगरी महासंघका प्रतिनिधिहरू फर्किएका हुन् । शुक्रवार शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्नुभएको थियो । यस्तै, शिक्षकहरूसँग अपरान्ह वार्ता हुने तयारी गरिएको भएको थियो । तर सरकारसँग वार्ता गर्नको लागि मन्त्रालयले २५ सदस्यीय वार्ता टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्षसहितको टोलीहरू वार्तामा सहभागी हुन गएनन् । यद्यपि वार्तामा सहभागी हुन गएका तीन राजनीतिक दल निकट शिक्षक संघका अध्यक्षहरू वार्ता बिनै फर्किएका छन् । राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमोदकुमार सिंहले मन्त्रालयले २५ जनाको टोली बनाएको र वार्तामा बस्ने अधिकार विशुद्ध महासङ्घलाई रहेको बताउनु भयो । उहाँले महासङ्घले मन्त्रालयले बनाएको टोलीमा विमति जनाएपछि वार्ता हुन नसकेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “बिहान ८ बजे नेपाल निजामती सङ्गठनको कार्यालयमा ५ सदस्यीय टोली नयाँ शिक्षामन्त्रीज्युको बधाईको साथसाथै शिक्षकको समस्या समाधानको लागि छलफल गर्न मन्त्रालयमा जाने निर्णय गरेका थियौँ । त्यसै अनुरूप हामीहरू कार्यक्रम सक्काएर आ–आफ्नो गन्तव्यतिर लाग्यौँ । तर बीचमा ५ जनाका साथसाथै अध्यक्ष मण्डलका टोलीहरू पनि वार्तामा जाने जानकारी प्राप्त हुनासाथ हामी यहाँ पुग्यौँ । हामी तीन जना अध्यक्ष यहाँ पुगेका थियौँ । हामीले सदस्यहरूको टोली गेट पासको रूपमा गेटमा पायौँ । हामीले निष्कर्ष निकाल्यौँ कि २५ सदस्यीय टोली मन्त्रालयले बनाएको छ । वार्ता टोलीमा को–को बस्छौँ, त्यसको अधिकार विशुद्ध नेपाल शिक्षक महासङ्घलाई रहेको छ ।  यसमा विमति भएको हुनाले आजको वार्ता यत्तिकै समाप्त भएको छ ।


महासङ्घले वार्ताको लागि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय टोलीको नामावली आफूले तयार नगरेको जनाएको छ । सिंहदरबारमा वार्ताका लागि भन्दै राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष सिंहसहित संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा र मधेसी शिक्षक फोरम लोकतान्त्रिकका अध्यक्ष विष्णु चौधरी पुगेका थिए । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै २४ दिनदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौँमा आन्दोलनरत छन् ।

Previous Post

शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत

Next Post

पोखरामा भोलि बृहत् मोटरसाइकल र्‍याली आयोजना हुँदै

Next Post

पोखरामा भोलि बृहत् मोटरसाइकल र्‍याली आयोजना हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन