• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपाल क्रिकेटमा चुनौती र अवसर दुवै छन्ः नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल

नीतिप्रेस by नीतिप्रेस
April 26, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


नेपाल क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपाली क्रिकेट टोलीबारे गत वर्षदेखि नै नियालेको उल्लेख गर्दै यहाँ आफ्नो लागि चुनौती र अवसर दुवै रहेको बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपल्ट शनिबार एक कार्यक्रमका बीच प्रशिक्षक ललाई सार्वजनिक गरेको थियो । मोन्टी देसाइको स्थानमा दुई वर्षका लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षण समाल्ने उनी शुक्रवार राती मात्र नेपाल आइपुगेका हुन् । पत्रकार सम्मेलनमा उनले नेपालमा आफ्नो लागि चुनौती र अवसर दुवै हुने उल्लेख गरे । आफूले ठूलो टेस्ट टिमसँग पनि काम गरे पनि अब क्रिकेट विकासमा लाग्नुपर्छ भन्ने सोच राखेको उनले उल्लेख गरे । त्यसैले नेपालमा सबैभन्दा राम्रो अवसर पाउने बुझेर यहाँ आएको प्रशिक्षक ल बताउँछन् । उनले एसोसिएट टिमहरूमा नेपाल राम्रो टोली रहेको पनि उल्लेख गरेका छन् । तर नेपाललाई केही पक्षहरूको आवश्यकता छ भन्ने आफूले बुझेकेको उनले उल्लेख गरे । 
ती आवश्यक पक्षमा आपूmले योगदान गर्नसक्ने उनको विश्वास रहेको छ । गत वर्ष डालसमा नेपालले अमेरिकासँग खेल्दा उनी अमेरिकी टोलीका प्रशिक्षक थिए । त्यतिबेला उनको टोली टी ट्वान्टी श्रृंखलामा ३–० ले पराजित भएको थियो । त्यतिबेला नै नेपाली टिममा धेरै क्षमतावान खेलाडी रहेछन् भन्ने आफूले थाहा पाएको उनको भनाइ छ । साथै नेपालमा क्रिकेटप्रति धेरै प्यासन रहेको पनि आफूले थाहा पाएको उनी बताउँछन् । उनले नेपाली क्रिकेटमा नै आउनुको कारण पनि खुलाएका थिए । आपूm जे कारणले क्रिकेटमा आएको र त्यो महत्वपूर्ण पक्ष क्रिकेटप्रतिको लगाव नेपालमा रहेको पनि उनको बुझाइ छ । तर आफू कहिल्यै नेपाल आएको नआएकाले यहाँको अवस्था राम्रोसँग केही चुनौती पनि हुनसक्ने उनी बताउँछन् । 
ती चुनौती सामना गर्न उनी तयार पनि छन् । चुनौती सामना गरिएन भने करियरमा कहिल्यै विकास नहुने उनी बताउँछन् । उनले क्रिकेट खेलमा कहिल्यै पनि सिकेर नसकिने नि उल्लेख गरेका छन् । सधैं राम्रो बन्ने प्रयास गर्नुपर्ने उनले औंल्याएका छन् । त्यसैले पनि आपूm चुनौती लिन नेपाल आएको उनी बताउँछन् । नेपालमा धेरै क्षमतावान् क्रिकेटर रहेको र केही दिनमा ती ५३ जना खेलाडीहरूको प्रदर्शन देख्ने उनको विश्वास छ । अहिले क्यानले ५३ खेलाडीबाट चार टोली विभाजन गरी राखेको क्लोज क्याम्प र अभ्यास खेलप्रति उनले औंल्याउँदै यहाँबाट खेलाडीबारे जान्न मद्दत मिल्ले विश्वास व्यक्त गरेका हुन् ।
यहाँबाट राम्रो र बलियो टोली बनाउन मद्दत मिल्ने उनको विश्वास छ । यहाँबाट सिनियर मात्र होइन जुनियर खेलाडी र अर्को जेनेरेसनका खेलाडी पाउनेमा उनी बताउँछन् । अस्ट्रेलियन प्रशिक्षक लले आफ्नो र अन्य प्रशिक्षकको प्रशिक्षणशैली केही फरक रहेको पनि बताए । खेलाडीहरूले नै आफ्नो बारेमा सोचुँन भन्ने उनको बुझाइ छ । जब उनीहरू मैदान खेल्न प्रवेश गर्छन् । त्यतिबेला खेलाडी आपैmँले नै निर्णय लिन सकुँन भन्ने चाहना रहेको उनको भनाइ छ । यतिबेला प्रशिक्षकको भूमिका पनि नरहने उनको बुझाइ छ । यसबारे उनीहरूलाई सिकाउने उनको लक्ष्य छ । उनले नेट सेसनमा खेलाडीलाई धेरै राम्रोसँग बुझ्न नसकिने तर खेल खेलिरहेको अवस्थामा उनीहरूबारे बुझ्न थप सहज हुने बताएका छन् । त्यतिबेला उनीहरूको क्षमता मात्र होइन उनीहरूको मानसिक अवस्था र खेलप्रति खेलाडीको सचेतनाका साथै अन्य पक्षबारे बुझ्न सकिने उनी बताउँछन् ।
यो नै खेल जित्ने आधारहरू रहेको उनले उल्लेख गरेका छन् । त्यसैले अहिले ५३ खेलाडीहरूको क्याम्पमबाट उनीहरूबारे जान्न सजिलो हुनेछ । तर यसको मतलब आफूले यहाँबाट नै टोली छनोट नगर्ने उनले स्पष्ट पारेका छन् ।

Previous Post

सुदीप न्यौपानेको हत्याको बिरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

Next Post

हामीसँग अहिले बन्दुक छैन, बन्दुक चलाएर अघि बढ्ने परिस्थिति पनि होइनः अध्यक्ष दाहाल

Next Post

हामीसँग अहिले बन्दुक छैन, बन्दुक चलाएर अघि बढ्ने परिस्थिति पनि होइनः अध्यक्ष दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन