• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संसदीय दलको बैठकमा सांसदहरुलाई अध्यक्ष ओलीका १६ उपदेश !

नीतिप्रेस by नीतिप्रेस
April 26, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकमा बोल्नुपर्ने विषयहरुका बारेमा आफ्ना सांसदहरुलाई विभिन्न निर्देशन (उपदेश !) दिनुभएको छ । शनिवार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उहाँले आफ्ना सांसदहरु संसदमा कसरी प्रश्तुत हुनुपर्छ भन्ने विषयमा सचेत गराउनु भयो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सांसदहरुलाई कसैले पार्टी र सरकारको विरुद्धमा गलत कुरा बोल्छ भने तत्काल तीखो रुपमा आलोचना गर्न निर्देशन दिनुभयो । आज कुनै विषयमा कसैले गलत ढंगले विरोध गर्छ भने त्यसको प्रतिवाद तत्काल गर्नुपर्ने भन्दै उहाँले तत्कालिन विषयमा भोलि बोल्नुको कुनै अर्थ र महत्व नहुने बताउनु भयो ।  अध्यक्ष ओलीले सांसदहरुले संसदमा बोल्दा मर्यादित र सभ्य भएर जनताका आवाज प्रतिविम्वित हुनेगरी साहसिक रुपमा आवज उठाउनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रका लागि संघर्ष गरेको जुनसुकै पार्टीका व्यक्ति भएपनि सम्मानपूर्वक व्यवहार गर्नुपर्ने उहाँको भनाइ छ । संसदको बजेट अधिवेशनको कामले वर्षभरीको अर्थतन्त्र, समाज र राजनीतिलाई गाइड गर्ने भएकाले राष्ट्र केन्द्रित र जनतामा समर्पित भएर कामहरु अगाडि बढाउन सांसदहरुलाई निर्देशन दिनुभयो । 
यस्ता छन्ः अध्यक्ष ओलीले सांसदहरुलाई दिनुभएको उपदेशहरु 
१. सबै माननीयहरुले दस्ताबेजहरु राम्ररी अध्ययन गर्ने, चिन्तन मनन गर्ने, विभिन्न दस्तावेजहरुसँग तुलनात्मक अध्ययन गरी परिस्थितिलाई बुझेर काम गर्ने ।
२. तत्कालीन समस्याहरुलाई संसदमा सम्बोधन गर्ने विषयमा तयारी गर्ने ।
२. देश विकासका तथा सुशासनका प्रश्नहरुमा कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ भन्ने सन्दर्भमा आफ्ना दृष्टिकोण प्रश्तुत गर्ने ।
३.बाढी,पहिरो लगायतका सम्भावित प्राकृतिक घटनाका विषयमा के भइरहेको छ ? के गर्नुपर्छ ? भन्ने बारेमा जानकारी लिने, त्यहीअनुसार आफूलाई तयारी अवस्थामा राख्ने ।
४. आफ्ना निर्वाचन क्षेत्रका जनताका समस्याका बारेमा संसदमा निर्भिक रुपमा समयमै आवाज उठाउने । 
५.समाजका सांस्कृतिक मूल्यहरु चाडपर्व, ऋति,थितिहरुलाई सम्मान गर्ने र अन्धविश्वासलाई लिएर प्रताडना दिने बोक्सीजस्ता कुराहरुको विरोध प्रकट गर्ने, अन्धविश्वासका अनेक विकृतिको अन्त्यका लागि जनजागरणमा ध्यान दिने ।
६. जनताका आवाजहरु प्रतिविम्वित हुनेगरी अर्थपूर्ण रुपमा मर्यादित र सभ्य भएर तथ्यपरक रुपमा शाहसिक ढंगले संसदमा प्रश्तुत हुने ।
७. राष्ट्रियताको पक्षमा प्रष्टरुपमा अडान लिएर बोल्ने, राष्ट्रलाई कमजोर पार्ने खालका प्रवृत्तिहरुलाई तिखो ढंगले आलोचना गर्ने, देशभन्दा ठुलो अर्को कुरा हुँदैन भनेर आत्मसाथ गर्दै देशभक्तिको भावनालाई ध्यानमा राखेर जनतालाई जागरुक बनाउने ।
८. पार्टीको विरुद्धमा कसैले गलत ढंगले बोल्छ भने त्यसको प्रतिवाद तत्काल छिटोछरितो रुपमा गर्ने । 
९. संसदको आकस्मिक समयमा अरुलाई गाली गर्ने किसिमले नबोल्ने, तत्कालिन अवस्थामा केही आकस्मिक घटना वा समस्याका बारेमा मात्रै बोल्ने ।
१०. लोकतन्त्रका लागि योगदान गर्ने जुनसुकै पार्टीका भएपनि सम्मान गर्ने, संकिर्ण सोचाइ नराख्ने ।
११.कसैले सरकार ढल्यो भन्दैमा हल्लाको पछाडि नलाग्ने, मिसन ०८४ मा लाग्ने ।
१२.नेपाल महान देश हो भन्ने भावनालाई आत्मसात गरेर विविधतालाई एकतामा बदल्दै विकास निर्माणमा लाग्ने । 
१३.समाजमा सुसम्बन्ध ल्याउने गरी इमान र जनताको सेवाको राजनीति गर्नुपर्नेमा ध्यान दिने ।
१४. गलत ढंगका विधेयक पारित भयो भने विकास निर्माण तथा जनतालाई दिइने सेवा सुविधामा प्रत्यक्ष असर पर्ने र राजनीतिक विचारमासमेत असर पर्ने भएकाले सही विधेयकहरु ठिक ढंगले पारित गर्ने वातावरण बनाउने, गलत विधेक पारित नगराउन भुमिका खेल्ने ।
१५. आफ्नो देशको विकास आफैले मात्रै गर्न सकिने भएकाले त्यस अनुरुप आफूलाई सजग गराउने ।
१६.आत्मविश्वास, पूर्वतयारी र एमालेपनका साथ संसदमा प्रश्तुतिकरण दिने ।  

Previous Post

दृश्य बेगर समाचार पूरा हुँदैनः उर्जामन्त्री खड्का

Next Post

मान्छे मात्रै बदलिएर केही हुँदैन, परिस्थितिसँगै कार्यशैली पनि बदलिनुपर्छः सञ्चारमन्त्री गुरुङ

Next Post

मान्छे मात्रै बदलिएर केही हुँदैन, परिस्थितिसँगै कार्यशैली पनि बदलिनुपर्छः सञ्चारमन्त्री गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन