• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

उड्डयनको क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषिलाई कारबाही गर्न कुनै कसर बाँकी राख्दैनौँः मन्त्री पाण्डे

नीतिप्रेस by नीतिप्रेस
April 28, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयनको क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषिलाई आवश्यक कारबाही गर्न कुनैपनि कसर बाँकी नराख्ने बताउनुभएको छ ।


प्रतिनिधि सभाको सोमवारको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’माथिको सैद्धानितक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले विमानस्थल निर्माण र एयरक्राप्टसँग सम्बन्धित भ्रष्टाचारका मुद्दाहरुमा सम्बन्धीत निकायहरुले अध्ययन गरिरहेको उहाँको दाबी छ । उहाँले प्रतिवेदन आइसकेपछि गुण र दोषको आधारमा दोषिलाई कारबाही गर्न मन्त्रालय दृढताका साथ काम गर्ने बताउनु भयो । उहाँले सौर्य एयरलाइन्सको सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रारम्भिक प्रतिवेदन आइसकेको उल्लेख गर्नुभयो । अन्तिम प्रतिवेदन आइसकेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जिकिर गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘हाम्रो नागरिक उड्डयनको क्षेत्रका धेरै सूचकहरुमा सुधार आएको छ । त्यसलाई ग्रहण गर्दै हामी थप सकारात्मक उपलब्धीका लागि दिशा पक्रिन के–के गर्नुपर्छ भन्नेकुरा पनि हामी मसिनो गरी छलफल गर्छौं । यदि कुनै विमानस्थल, एयरक्राप्टसँग सम्बन्धित भ्रष्टाचार  भने सम्बन्धित निकायहरुले अहिले अध्ययन गरिरहेका छन् । प्रतिवेदन दिने क्रममा छन् । त्यसमा भ्रष्टाचार नियन्त्रणमा आफूले गर्नुपर्ने भुमिकामा कुनै कसर बाँकी नराखिकन भ्रष्टाचारको नियन्त्रण र अन्त गर्ने विषयमा दृढताका साथ काम गर्नेछ । सौर्य एयरलाइन्सको विषयमा प्रारम्भिक प्रतिवेदन आइसकेको छ । यसको फाइन रिपोर्ट आउन अझै केही दिन लाग्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रोटोकलअनुसार हामीले स्टेट अफ मेलुकल्चरसँग पनि परामर्श गर्नुपर्छ । अहिले निश्पक्षताका साथ छानविन भइरहेको छ भन्ने कुरामा हामी विश्वस्त छौं । र त्यो छानविनको कुराबाट जे जे कुरा खुल्छ, हामीले जे जे गर्ने हो त्यसमा कुनै कसर बाँकी नराखिकन गुण र दोषका आधारमा दण्डित गर्ने कुरामा हामी दृढताका साथ लाग्नेछौं ।’
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनलाई थप समृद्ध बनाउको लागि सबैले मेहेनतका साथ काम गरी सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

Previous Post

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली आकाश सुरक्षित रहेको सन्देश दिनुपर्नेमा सांसदहरूको जोड

Next Post

निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिने

Next Post

निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन