• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सत्ता गठबन्धनको विश्वासः शिक्षकहरूसँग आजै सहमति, भोलीदेखि पठनपाठन सुचारु

नीतिप्रेस by नीतिप्रेस
April 30, 2025
in नेपाली समाचार आजको, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्ता गठबन्धनले सरकार र शिक्षकहरूसँग आजै सहमति हुने विश्वास लिएको छ ।


बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र शिक्षकहरूबिच आजै सहमति हुने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले शिक्षकहरूसँगको वार्ता सकारात्मक तरिकाले अगाडी बढेको बताउँदै आज दिनभरमा सरकार र आन्दोलनरत शिक्षकबिच सहमति हुने बताउनु भयो । उहाँले नेपाल शिक्षक महासङ्घ र सरकारबीच छलफलमा बनेको सहमतिका आधारमा आजै निचोड निस्कने र बिहीवारदेखि सहज रूपमा पठनपाठन शुरु हुने विश्वास लिएको बताउनु भयो । उहाँले शिक्षकहरूको मागलाई सम्बोधन गर्न सरकारले खेलाँची नगरेको समेत स्पष्ट पार्नुभयो । उपमहासचिव ज्ञवालीले सरकारले शुरुदेखि नै शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षकहरूले ऐन नलिई नफर्कने अडान लिएका कारणले ढिलाइ भएको जिकिर गर्नुभयो ।  
उहाँले भन्नुभयो, “शिक्षकहरूसँगको वार्ता सकारात्मक तरिकाले अगाडी बढेको छ । आज दिनभरिमा सरकार र आन्दोलनरत शिक्षकबिच सहमति भएर भोलीदेखि सहज रूपमा पठनपाठन हुन्छ भन्नेमा मेरो विश्वास छ । नेपाल शिक्षक महासङ्घ र सरकारबीचको लगातारको छलफल र छलफलमा बनेको सहमतिका आधारमा मैले भनेको हुँ । सरकारले खेलाँची गरेको होइन । शुरुदेखि नै सरकारले उहाँहरूलाई वार्तामा बोलायो । विभिन्न कारणले उहाँहरू वार्तामा आउन सक्नुभएन । निवर्तमान शिक्षामन्त्रीज्युले पनि त्यो सम्बन्धमा धेरै प्रयत्नहरू गर्नुभएको थियो । शिक्षकहरूले ऐन नलिई फर्कँदैनौँ  भनेर अडान लिएपछि केही ढिलाइ भएको हो । भोलिदेखि शिक्षकहरू विद्यालय फर्कनुहुन्छ भन्नेमा म आशावादी छु ।” 


उहाँले बिहीवारदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय फर्कने र सहज रूपमा पठनपाठनको सुचारु हुने आशा व्यक्त गर्नुभयो ।

Previous Post

रेशम चौधरीलाई कार्यक्रम स्थलमै पक्राउ गर्नु अलोकतान्त्रिकः अध्यक्ष राउत

Next Post

युवापुस्तामा आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्तारुढ दलहरुको सुझाव

Next Post

युवापुस्तामा आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्तारुढ दलहरुको सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन