• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

युवापुस्तामा आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्तारुढ दलहरुको सुझाव

नीतिप्रेस by नीतिप्रेस
April 30, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


सत्ता गठबन्धनमा रहेको दलहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरेका छन् । 


बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि जानकारी दिँदै नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वार्षिक नीति तथा कार्यक्रमका विषयमा छलफल भएको जानकारी गराउनुभएको हो । उहाँले सत्ता सहयात्री दलहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नुपर्ने मुख्यमुख्य विषयवस्तुमा महत्वपूर्ण सुझाव दिएको बताउनु भयो । ज्ञवालीले ।लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणहरूबाट भइरहेका हमला तथा आक्रमणहरूलाई सामुहिक रूपले जवाफ दिने विषयमा पनि छलफल गरिएको बताउनु भयो । उहाँले विकास निर्माणलाई प्रभावकारी, समयमा सकिने र उच्च प्राथमिकीकरण गर्ने विषयमा सत्ता सहयात्री दलहरूबाट सुझाव प्राप्त भएको जिकिर गर्नुभयो । उहाँले सत्ता गठबन्धनले युवापुस्तामा आशा र विश्वास जगाउन उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना र बजार संरक्षणको समग्र योजनासहितको कार्यक्रम चाहेको समेत स्पष्ट पार्नुभयो ।  
उहाँले भन्नुभयो, “आजको बैठक सम्भवतः पर्सी सम्माननीय राष्ट्रपतिज्युबाट नेपाल सरकारको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नको लागि आयोजना गरिएको थियो । सत्ता सहयात्री दलहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नुपर्ने मुख्यमुख्य विषयवस्तुमा महत्वपूर्ण सुझाव दिनुभएको छ । लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणहरूबाट भइरहेका हमला तथा आक्रमणहरूलाई सामुहिक रूपले जवाफ दिनेहरू कुराहरू छन् । विकास निर्माणलाई प्रभावकारी, समयमा सकिने र एकदम उच्च प्राथमिकीकरण गर्नुपर्छ भन्ने सुझावहरू छन् । खास गरी युवापुस्तामा आशा र विश्वास जगाउनको निम्ति उनीहरूमा उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक प्लान र बजार संरक्षणको समग्र योजनासहितको कार्यक्रम आओस् भन्ने पनि दलहरूले सुझाव दिनुभएको छ ।”  


सत्तारुढ दलहरूले अर्थतन्त्रलाई लयमा ल्याउनको निम्ति सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल खर्चहरूलाई निर्ममतापूर्वक कटौती गर्ने र सरकारको कार्य दक्षतालाई बढाउने विषयमा पनि छलफल गरेका छन् । सुशासनलाई प्रभावकारी बनाउने, वाह्य सम्बन्धहरूलाई थप सुदृढ गर्ने, बसाईंसराईहरूलाई रोक्नको निम्ति पहाड केन्द्रित कार्यक्रमहरूलाई नीति तथा कार्यक्रममा समेट्न दलहरूले सुझाव प्रश्तुत गरेको एमाले उपमहासचिव ज्ञवालीले बताउनु भयो ।  
उहाँले भन्नुभयो, “अर्थतन्त्रलाई लयमा ल्याउनको निम्ति सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल खर्चहरूलाई निर्ममतापूर्वक कटौती गर्ने र सरकारको कार्य दक्षतालाई बढाउने कुराहरू छन् ।  सुशासनलाई प्रभावकारी बनाउनको लागि गर्नुपर्ने कामहरूको बारे पनि सुझावहरू दिनुभएको छ । बाह्य सम्बन्धहरूलाई थप सुदृढ गर्ने र समग्रमा बसाइसराइहरूलाई रोक्नको निम्ति पहाड केन्द्रित रोजगारी, कृषि विकासका कार्यहरू अगाडी बढाउने र विगतका वर्षहरूभन्दा मेजर ब्रेक थु्र हुने खालको नीति कार्यक्रम आओस् र त्यसलाई त्यही किसिमले बजेटले पछ्याओस् भनेर सत्ता साझेदार दलहरूले केही सुझाव दिनुभएको छ ।” 


उहाँले रोजगारी, कृषि विकासका कार्यहरू अगाडी बढाउने र विगतका वर्षहरूभन्दा मेजर ब्रेक थु्र हुने खालको नीति कार्यक्रम आओस् भन्ने सत्ता साझेदार दलहरूले सुझाव दिएको जानकारी गराउनु भयो ।

Previous Post

सत्ता गठबन्धनको विश्वासः शिक्षकहरूसँग आजै सहमति, भोलीदेखि पठनपाठन सुचारु

Next Post

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः आगामी आ.व.मा सवारी साधन करको अनुमानित सीमा पठाउने

Next Post

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः आगामी आ.व.मा सवारी साधन करको अनुमानित सीमा पठाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन