• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कोटीहोमबाट देवी प्रतिभाको भव्य बिदाई, जेठमा पुनः ल्याउने प्रयास

नीतिप्रेस by नीतिप्रेस
May 1, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा सुनाएकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई गरिएको छ । 

उनको बिदाईमा सबैका आँखा रसाए, कोटीहोम स्थल छोरीको विवाह घरजस्तै बनेको थियो । देवीको ‘प्यार से बोलेन’ भन्ने शब्द सम्झिएर भक्तजनसहित आयोजकका मन भारी थिए । उक्त क्षणमा स्वयं देवी प्रतिभाको आँखामा आँशु टिल्पिलाए ।

कोटीहोमका संकल्पकर्ता विजय कृष्णमूर्तिले फूलैफूलले पूजा गर्दै देवी प्रतिभाको बिदाई गरेका थिए । देवीसहित उनको टिममा रहेर पोखरा आइपुगेका सबैलाई आयोजक मानवसेवा फाउण्डेशनले सम्मानसहित बिदाई गरेको थियो ।

देवी प्रतिभाको बिदाईमा संकल्पकर्ता विजय कृष्णमूर्ति निकै रोएका थिए भने अभिनन्दपत्र पढेर सुनाउने क्रममा भक्कानिदै पढ्नै नसक्ने अवस्थामा पुगेका थिए । सो बेला कोटीहोम स्थल चकमन्न बनेको थियो । 

देवी प्रतिभा वैशाख ५ गते पोखरा आएकी थिइन् । उनी शुक्रबार बिहानै पोखराबाट भारत प्रथान गर्दैछिन् । उनी आइतबादेखि भारतको झारखण्डमा देवीमार्फत कथा वाचन हुने बताइएको छ । 

जेठ १० देखि १६ गतेसम्ममा देवीलाई पुनः पोखरा ल्याउने प्रयास भइरहेको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए । 

कथा वाचिका देवी प्रतिभाले ‘यो कोटीहोममा मेरो अन्तिम प्रस्तुति हो, मैले सुनाएका कथाले तपाईंहरु प्रशन्न हुनुभो ?’ भनेर प्रश्न गर्दा भक्तजनले् ठूलो स्वरमा ‘हामी निकै खुशी भयौँ, तपाईं अझै बसेर हामीलाई अन्य कथा पनि सुनाउनु’ भनेका थिए । 

शुक्रबारदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन गर्ने आयोजक मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

Previous Post

कोटीहोममा ओइरिए भक्तजन, भारतका दार्शनिक प्रशान्त कृष्ण परांकुश आउँदै

Next Post

लायन्स कप भलिबलः इरानी टोलीसँग एपीएफ स्तव्ध

Next Post

लायन्स कप भलिबलः इरानी टोलीसँग एपीएफ स्तव्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन