• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्वास्थ्यमन्त्रीको चेतावनीः आठौं तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्वन्धन खारेज हुनसक्छ

नीतिप्रेस by नीतिप्रेस
May 2, 2025
in समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौं तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजहरुलाई मन्त्रालयबाट दिइने कुनैपनि सुविधा नदिने बताउनुभएको छ ।


शुक्रवार मन्त्रालयमा चिकित्सक संघसँग उनीहरुका मागसम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले चिकित्सा शिक्षा आयोगको माघ २५ गतेको बैठकले आवासीय चिकित्सकहरुलाई निर्वाह भत्ता स्वरुप स्वास्थ्य मन्त्रालयको आठौं तह सरह भत्ता दिने भनेर निर्णय गरेको र उक्त निर्णय मान्नैपर्ने बताउनु भयो ।

उहाँले चिकित्सा शिक्षा आयोगले गरेको यो निर्णय कार्यान्वयन गर्नैपर्ने बताउनु भयो । उक्त निर्णय नमान्ने हो भने राज्यसँगका कुनैपनि सम्बन्ध रहने स्थिति नहुने बताउनु भयो । सम्वन्धन नै पनि खारेज हुने स्थिति आउने चेतावनी दिनुभयो ।

हप्तामा ७२ घण्टा काम गरे पुग्ने स्थिति बनाउन, किरिया बिदा, सरकारी बिदा दिने कुराको व्यवस्थापन गर्न पनि मन्त्रालय सकारात्मक रहेको बताउनु भयो ।


मन्त्री पौडेलले भन्नुभयो, ‘चिकित्सा शिक्षा आयोगको माघ २५ गतेको बैठकले आवासीय चिकित्सकहरुलाई निर्वाह भत्ता स्वरुप स्वास्थ्य मन्त्रालयको आठौं तह सरह भत्ता दिने भनेर निर्णय गरेको छ । त्यसको रकम ४८ हजार ७ सय ३७ । यो चिकित्सा शिक्षा आयोगले गरेको निर्णय हो । चिकित्सा शिक्षा आयोगले गरेको यो निर्णय कार्यान्वयन गर्नैपर्छ । कसैले नमान्ने यो अहिलेका लागि हो । अनन्त नमान्न मिल्दै मिल्दैन । नमानिने हो भने राज्यसँगका कुनैपनि सम्बन्ध रहने स्थिति हुँदैन । सबै तोडिन्छन् । सम्वन्धन नै पनि खारेज हुने स्थिति हुन्छ । त्यसैले उहाँहरुले यस्तो गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । तपाईंहरुलाई यसो एक दुई वटा कुरा गरेर ठेगानमा ल्याउन सकिन्छ की भनेर प्रयास गरिएको मात्रै हो । तपाईंहरुले आफ्नो कुरा आफ्नो ढंगले स्पष्ट राख्नुस् । आन्दोलन कसैलाई सोधेर गरिँदैन । तपाईंहरुको यो कुरा पूरा नगरी कुनै धर नै छैन । आठौं सरह निर्वाह भत्ता नदिने हो स्वास्थ्य मन्त्रालय दिइने कुनैपनि सुविधा दिइने छैन । यहाँहरुलाई निर्वाह भत्ता स्वरुप दिइने आठौं सरहको कुनै माया दयाले दिइएको होइन । तपाईंहरुको कामले दिइएको हो । हप्तामा ७२ घण्टा काम गरे पुग्ने स्थिति बनाउनु पर्छ । किरिया बिदा यहाँहरुलाई उपलब्ध गराइनुपर्छ । सरकारी बिदा दिँदा यहाँहरुको एकेडेमिक क्यालेण्डर प्रभावित हुन्छ भन्नेकुरा आएको छ । त्यसलाई प्रभावित नहुने गरी व्यवस्थित हुनुपर्छ । यो सबै कुरामा हामी सकारात्मक छौँ ।’


मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्ने बताउनु भयो । मन्त्रालयसँग सम्बन्धित सबैलाई कार्यान्वयन गर्न निर्देशन दिने बताउनु भयो ।

Previous Post

विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा

Next Post

गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड

Next Post

गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन