• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा विमानस्थलको अनियमितताबारे न्यायिक छानविन हुनुपर्छ : महासचिव गुरुङ

नीतिप्रेस by नीतिप्रेस
May 2, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताको न्यायिक छानविन हुनुपर्नेमा जोड दिएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेट्घाटमा उनले यस्तो बताएका हुन् ।

हालै संसदीय छानविन उपसमितिले दिएको प्रतिवेदनका आधारमा अब न्यायिक छानविन गर्नुपर्नेमा उनको जोड छ ।

पोखरा विमानस्थलका बारेमा अहिले संसदीय समितिले नीतिगत प्रतिवेदन दिएको भन्दै उनले यसका आधारमा कानुनविद्, इन्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्तासहितको न्यायिक प्रकृतिको छानविन राज्यका अंगले गर्नुपर्ने बताए । दोषीहरु कार्वाहीको भागीदार बन्नुपर्ने भन्दै नेता गुरुङले यस विषयको न्यायिक छानविनबाट निरुपण गर्नुपर्ने खाँचो औँल्याए ।

महासचिव गुरुङले नेपाली काँग्रेस र नेकपा(एमाले) दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले देशमा सुशासनको कायम गर्न नसकेको बताए । उनले सरकारका राम्रा कामको माओवादी केन्द्रले जहिले पनि सहयोग र समर्थन गर्ने बताए ।

उनले भने, “हामी परम्परागत ढर्राबाट चल्ने प्रतिस्पर्धी होइनौं, सरकारलाई गुण र दोशको आधारमा समर्थन वा विरोध गर्ने प्रतिपक्षी हौँ, सरकारले राम्रो काम गर्दा विरोध गर्दैनौं, तर दुई ठूला दलको बलियो सरकार हुँदासमेत सरकारले काम गर्न सकेको छैन ।”

माओवादी केन्द्रले हालै सञ्चालन गरेको हुलाकी राजमार्ग अभियानका क्रममा पार्टीप्रति जनताको उभार देखिएको उनले बताए ।

अभियानका क्रममा जनताको समस्या बुझ्ने र सुन्ने तथा जनता तथा शहीद परिवारसँग अन्तरक्रिया गर्ने काम गरिएकाले माओवादीप्रति जनताको विश्वास र अपेक्षा बढी रहेको पाइएको उनले बताए ।

महासचिव गुरुङले देशमा प्रतिगामी षड्यन्त्रलाई परास्त गर्न र राष्ट्रिय एकता र स्वाधिनताका लागि शान्ति सम्झौताका सहयात्री दलहरु एकैठाउँमा रहनुपर्ने आवश्यकता औँल्याए ।

Previous Post

संघीय सरकारले जिडिपीको ५ प्रतिशत भन्दा बढी आन्तरिक ऋण लिन नपाउने

Next Post

पर्यावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी कानून कार्यान्वयन चुनौतिपूर्णः मल्ल

Next Post

पर्यावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी कानून कार्यान्वयन चुनौतिपूर्णः मल्ल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन