सिड्नी । अस्ट्रेलियामा भएको आम निर्वाचन एन्थोनी अल्बानीजको लेबर पार्टीले बहुमत हासिल गरेको छ ।
अस्ट्रेलियाका स्थानीय सञ्चारमाध्यमका अनुसार अब लेबर पार्टी एक्लैले सरकार बनाउन पाउनेछ ।
यो निर्वाचनमा अस्ट्रेलियाका वर्तमान प्रधानमन्त्री अल्बानीज र विपक्षी नेता पिटर डटनबिच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियाे।
तर लिबरल-नेसनल गठबन्धनका डटनले ब्रिस्बेनको डिक्सनको आफ्नो सिट लेबरका अलि फ्रान्ससँग हारे ।
डटनले हार स्वीकार गर्दै अल्बानीजलाई बधाई दिन फोन गरेको बताइएको छ ।
आफ्नो विजयपछि अल्बानीजले भने, ‘अस्ट्रेलियालीहरू, तपाईँको प्रधानमन्त्रीको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठुलो सम्मान हो। आज अस्ट्रेलियालीहरूले अस्ट्रेलियाली मूल्यमान्यता, निष्पक्षता, आकांक्षा र अवसरको पक्षमा मतदान गरेका छन् ।’






