पोखरा । अक्टोबर ७, २०२३ मा इजरायली आक्रमण शुरु भएदेखि गाजापट्टीमा कुपोषणबाट कम्तीमा ५७ प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।
जसमा प्रायः बालबालिकाहरू छन् ।
इजरायली नाकाबन्दी र स्वास्थ्य क्षेत्रको व्यवधानबीच कुपोषणसँग सम्बन्धित मृत्युको संख्या बढ्दै गएको छ ।
अधिकारीले उल्लेख गरे कि लामो समयसम्म खराब पोषण र आधारभुत खाद्य आपूर्तिको अभावका कारण अधिकांश बासिन्दाहरू रक्तअल्पताबाट पीडित छन् ।
इजरायलले हमाससँग जनवरीमा भएको युद्धविराम सम्झौताको पहिलो चरणको म्याद सकिएपछि मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो ।
दुवै पक्षहरू बीच सहमतिको अभावका कारण दोस्रो चरण अझै लागू भएको छैन ।
मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य अपरेशन पुनः शुरु गरेको थियो ।
इजरायलले आफ्नो तिब्र आक्रमणहरू पुनः शुरु गरेदेखि कम्तीमा २ हजार ३ सय ९६ प्यालेस्टिनीहरू मारिएका छन् ।
६ हजार ३ सय २५ जना घाइते भएका छन् ।
जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५२ हजार ४ सय ९५ पुगेको छ र घाइतेहरूको संख्या १ लाख १८ हजार ३ सय ६६ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिवार बताएका छन् ।






