पोखरा । भारतको दक्षिणपश्चिमी राज्य गोवाको एक मन्दिरमा शनिवार बिहान धार्मिक उत्सवको क्रममा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ ।
अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् ।
गोवाको शिरगाओ क्षेत्रमा अवस्थित श्री लैराई देवी मन्दिरमा भागदौड भएको थियो ।
घाइते दश जनाको अवस्था गम्भीर रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मानव जीवनको क्षतिप्रति समवेदना व्यक्त गरे। राज्य सरकारका एक अधिकारीले भागदौडको कारणको बारेमा अनुसन्धान शुरु गरिने बताउनु भयो ।






