• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रहरीलाई गृहमन्त्रीको निर्देशनः यत्तिले पुगेन, अपराध अनुसन्धानको दायरा नयाँ किसिमले अघि बढाउनूस्

नीतिप्रेस by नीतिप्रेस
May 4, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गृहमन्त्री रमेश लेखकले अपराधका नयाँ आयामहरु थपिएको भन्दै नयाँ तरिकाले अपराध अनुसन्धानको दायरा बिस्तार गर्न निर्देशन दिनुभएको छ ।


आईतवार काठमाडौंमा नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अपराध अनुसन्धानको दायरा बिस्ता गर्न निर्देशन दिनुभएको हो ।

उहाँले नेपाल प्रहरीले अहिले गरिरहेको अपराध अनुसन्धानले मात्रै नपुग्ने भन्दै अझै अनुसन्धानको दायरालाई फराकिलो बनाइ शान्ति सुरक्षा कायम गर्नुपर्ने बताउनु भयो ।

उहाँले २५३० वर्ष पहिलाको भन्दा अहिले धेरै राम्रो रहेको भएपनि पछिल्ला समयमा आएका नयाँ अपराधका आयामहरु अनुसार अनुसन्धानमा पनि नयाँ प्रविधिको माध्यमबाट पहुँच बढाउनुपर्ने बताउनु भयो । नेपाल प्रहरी कानून कार्यान्वयनको महत्वपूर्ण माध्यम भएकाले समयानुसार अघि बढ्न सक्नुपर्ने बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘आज भन्दा २५—३० वर्ष पहिला म वकालत पनि गर्दथेँ । वकालातका क्रममा मैले अपराधिक मुद्दाहरुमा पनि धेरैमा वहस पैरवी गरेको छु । त्यो बेलाको अनुसन्धान र आजको अनुसन्धानमा मैले धेरै फरक पाएको छु । राम्रो भएको छ । त्यो बेलामा प्रहरीको अनुसन्धानमा धेरै ल्याप्सेसहरु हुने, अनुसन्धामा मात्रै होइन, प्रसिक्युसनमा पनि तमाम ल्याप्सेसहरु हुने अनि कहिले कहीँ के हुने भने डिफेन्स लयर्सका लागि त्यो अनुसन्धान त प्याराडाइज अफ लयर्स हो नि । तर अहिले त्यस्ता कमी कमजोरी कम हुँदै गएका छन् । आधुनिक तरिकाले अनुसन्धान भएका छन् । वैज्ञानिक र प्रमाणिकताको गुरुत्व बढेर गएको छ । अनुमान र आशंकाको आधारमा गरिने अनुमानजन्य विषयहरु घटेका छन् । प्रमाणिकता, वैज्ञानिकता, प्रमाणको ठोस मूल्यांकन यि कुराहरुमा परिवर्तन भएको मैले देखेको छु । कमी कमजोरी हुन्छन्, त्यसलाई सच्याउँदै ठिक गर्दै जाने हो । तर अझ राम्रो गर्नुछ, यत्तिले पुगेन । यत्तिले पुगेको छैन । किनभने नयाँनयाँ कुराहरु आइरहेका छन् । नयाँ विषयहरु प्रवेश गरिरहेका छन् । शान्ति सुरक्षा, अपराध नियन्त्रण, अपराधको अनुसन्धान गरेर अगाडि बढ्ने सवाल वा प्रहरी ल इम्प्लिमेन्टेसनको महत्वपूर्ण एजेन्सी भएको कारणले कानून प्रचलनको सवाल होस्, नयाँ चुनौति, जोखिम र विषयले होस्, तदनुकुल तयार गर्नुछ आफूलाई । त्यसैले अझै धेरै गर्न बाँकी छ । बिल्कुनै नभएको र खराब मात्रै भएको होइन, राम्रो भएको छ, राम्रो हुँदै गएको छ तर थप राम्रो गर्न जरुरी छ ।


गृहमन्त्री लेखकले सुरक्षामा देखिएका चुनौतिहरुलाई सम्बोधन गर्न थप परिस्कृत बन्नुपर्ने जरुरी रहेको बताउनु भयो ।

समाज दिन प्रतिदिन रुपान्तरण भइरहेको र प्रगतितर्फ अघि बढिरहेको भएपनि त्यसमा अपराधिक क्रियाकलापको संख्या पनि बढ्दै गएको बताउनु भयो ।

अवसर र सम्भावनासँगै चुनौति, जोखिम उत्तिकै रहेको गृहमन्त्री लेखको भनाइ छ । त्यसलाई नियन्त्रण गर्न नयाँ तौर तरिकाहरु सिक्न जरुरी रहेको उल्लेख गर्नुभयो ।


गृहमन्त्री लेखकले भन्नुभयो, ‘विगतमा भन्दा आज परिवर्तन भएको छ । थप नयाँ चुनौतिहरु आएका छन् । आज भन्दा २०—२५ वर्ष पहिला हामी सुरक्षाका सन्दर्भमा सुरक्षामा देखिएका चुनौतिहरुलाई सम्बोधन गर्नका लागि जे जस्ता, तौर तरिकाहरु अपनाउँथ्यौँ, आज तिनले नपुग्ने भएको छ । नयाँ किसिमका सोचहरु बढी विकास गर्नु परिरहेको छ । जसरी समाज दिन प्रतिदिन रुपान्तरण भइरहेको छ, परिवर्तन भइरहेको छ, प्रगतितर्फ अगाडि बढिरहेको छ, त्यसरी नै चुनौतिहरु पनि थपिएका छन् । अवसरहरु बढेका छन्, सम्भावनाहरु बढेका छन्, अवसर र सम्भावनासँगै चुनौति, जोखिम र खतराहरु बढेका छन् । त्यो परिवर्तित अवस्थामा देखापरेका नयाँ चुनौतिहरु, नयाँ जोखिमहरु, नयाँ खतराहरुलाई ठिक ढंगले निदान गर्न, पहिचान गर्न, त्यसलाई ठिक ढंगले उपचार गर्नका लागि पनि हामीले नयाँ नयाँ तौरतरिकाहरु सिक्न जरुरी छ । जुन यस्ता खालका कोर्षहरुले गर्नसक्छ भन्ने मैले विश्वास गरेको छु । अपराधकै क्षेत्रमा पनि धेरै नयाँनयाँ चुनौतिहरु थपिएका छन् । आज भन्दा २० वर्ष पहिला साइबर क्राइमको कुरा थिएन । परम्परागत अपराधहरु थिए, नयाँ अपराधहरु थिएन । वित्तीय अपराधहरु एक ढंगले बढेर गएका छन् किनभने वित्तीय क्षेत्रमा नयाँ अवसर, नयाँ सम्भावना, नयाँ प्रगतिका कुराहरु विकास भएका छन् । चुनौतिहरु र अपराधहरु पनि त्यही ढंगले बढेर गएका छन् । डिजिटलाइजेशनको युग छ । सबैले हातमा मोबाइल बोकेको छ । त्यही मोबाइलमा संसार बुझ्न सकिन्छ । त्यो प्रगतिको ठाउँमा हामी पुगेका छौँ । तर त्यही मोबाइलबाटै तमाम अपराध भइरहेको स्थिति पनि छ । दिनानुदिनको परिवर्तनबाट उत्पन्न हुने चुनौतिलाई ठिक ढंगले सम्बोधन गर्नका लागि पनि यस्ता कोर्षहरु आवश्यक हुनेछन् । अनुसन्धानको क्षेत्रमा पनि धेरै कुरा हामीले गर्नुछ । धेरै राम्रा कुराहरु हुँदै गएको छ ।


गृहमन्त्री लेखकले पछिल्लो समयको परिवर्तनबाट उत्पन्न हुने चुनौतिलाई ठिक ढंगले सम्बोधन गर्न नेपाल प्रहरी स्टाफ कोर्स लगायतका कोर्सहरुको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।

आजबाट नेपाल प्रहरीमा पहिलो पटक लिडरसिप एण्ड स्टाफ कोर्स शुरु भएको हो ।

स्टाफ कलेजका लागि ३५ जनालाई सहभागी गराउने भनिए पनि प्रवेश परीक्षामा १७ जना प्रहरी नयाव उपरीक्षक (डिएसपी) मात्रै उत्तिर्ण भएका छन् ।

२०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट कोर्सको शुरुवात गरिएको छ । प्रहरीमा पहिलोपटक शुरु भएको स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउनेछ ।

अब स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनुपर्नेछ ।

कुनै सेमेस्टरमा अनुत्तिर्ण भए जुन परीक्षामा भएको हो, त्यो सेमेस्टरको परीक्षा पुनः अर्को वर्ष दिन पाइनेछ ।

प्रश्तावित विधेयक संसदबाट पारित भएर कार्यान्वयनमा आए स्टाफ कलेज पास नगर्नेहरू प्रहरी नायव उपरीक्षक (डिआईजी) बन्न पाउने छैनन् ।

प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा पनि स्टाफ कलेज गरेका र नगरेकाका लागि छुट्टै कोटा तोकिएको छ ।

Previous Post

पाकिस्तानद्वारा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको सफल प्रशिक्षण

Next Post

कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने

Next Post

कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन