• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकीकाे १७औँ स्थापना दिवस

नीतिप्रेस by नीतिप्रेस
May 5, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकी प्रदेशले १७औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान, अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रम उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले प्रजातान्त्रिक पद्धतिमा सबै वर्गको समावेशी हुनुपर्ने धारणा नेपाली कांग्रेसले राखेको र कांग्रेस कमजोर भएमा विमुख बन्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे ।

अपाङ्गहरुका व्यक्तिगत तथा संस्थागत समस्या नेपाली कांग्रेस गण्डकी प्रदेशमा राख्न अनुरोध गर्दै तत्कालै समाधान गर्ने र अन्य निकायबाट हुने समाधानको लागि सम्बन्धित निकायमा पुर्‍याएर सहयोग गर्ने वातावरण तयार पार्ने उनले स्पष्ट पारे ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकी प्रदेश अध्यक्ष शङ्करप्रसाद पराजुलीले प्रदेश तथा केन्द्र सरकारले अपाङ्गता भएका व्यक्ति र संस्थालाई समेट्न नसकेको बताए । 

“प्रदेश सरकारले अपाङ्गहरुलाई समेट्न नसकेको गुनासो राख्याैँ, प्रदेश सरकारले नीति तथा योजना बनाउँदा छलफल गरेर अघि बढ्ने आश्वासन पाएका छौँ”, उनले भने ।

केन्द्रीय सदस्य राधाकृष्ण गुरूङले सरकारमा रहेकाहरु नियामक व्यक्तिनै अपाङ्गमैत्री बन्नुभन्दा पनि शक्ति मैत्री बन्दा अपाङ्गहरुले पाउने सेवा सुविधाबाट बञ्चित बन्नुपरेको दुःखेसो पोखे ।

“जसको पहुँच छ, उसले कार्यक्रम र योजनाका नाममा लाखौं रकम लिन सक्ने तर कार्यक्रम प्रभावकारी छ, पहुँच छैन भने पैसा उठाएर कार्यक्रम गर्नुपरेको छ”, उनले भने ।

केन्द्रीय सदस्य गुरुङले गण्डकी प्रदेशले अपाङ्गता भएका व्यक्तिहरुको दक्षता अभिवृद्धिका कार्यक्रम ल्याएकोमा खुसी व्यक्त गर्दै तल्लो तहसम्म इमान्दारितापूर्वक कार्यक्रम गर्न नियमन निकायलाई ध्यानाकर्षण गरेका थिए ।

अपाङ्गता भएका केही व्यक्तिले खाली भाँडा थापेर पैसा माग्नु भन्दा व्यवसायीक रुपमा केही वेचेर, उपहार दिएर, आफ्नो कला कौशल प्रदर्शन गरेर सहयोग लिनु उत्तम हुने उनले स्पष्ट पारे ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका मुख्यसचिव पदम श्रेष्ठले अपाङ्गता भएका व्यक्तिको समस्या, चुनौती र समाधानको बारेमा जानकारी गराए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि परशुराम भट्ट, पूर्व केन्द्रीय सदस्य श्यामप्रसाद अर्याल, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ कास्कीका सभापति सुशिल गोदार, पर्वतका सभापति गणेश भुसाल, पोखरा-१४ का सभापति सुजन बस्ताकोटीलगायतले अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकलाई एउटै कलष्टरमा राखेर निर्वाचन गरिनुले मर्कामा परेको, नेपाली कांग्रेसको विधान संशोधनको आवश्यकता रहेको, अपाङ्ग व्यक्तिहरुको राजनीतिक पहुँच बनाउन कानुनी सुधार, सामाजिक चेतना, राजनीतिक दलको सहयोगले अपाङ्ग समुदायको आवाज सशक्त बनाउनेमा जोड दिएका थिए । 

कार्यक्रममा कलाकारह दिलिप भण्डारीले सारङ्गी बजाएका थिए भने होमनाथ पौडेलले गीत गाएर आफ्नो प्रतिभा देखाएका थिए ।

अध्यक्ष शङ्करप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश महामन्त्री युवराज पराजुलीले सञ्चालन र उपसभापति ताराप्रसाद तिवारीले स्वागत गरेका थिए ।

Previous Post

स्थानीय श्रोत साधनको प्रयोग गरेर घर बनाऔँः उपप्रधानमन्त्री सिंह

Next Post

नेपाल व्यवसायिक कलाकार संघ कास्कीमा पुन

Next Post

नेपाल व्यवसायिक कलाकार संघ कास्कीमा पुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन