• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रोजगारदाताले श्रमिक नै पाएनन्ः श्रममन्त्री भण्डारी

नीतिप्रेस by नीतिप्रेस
May 7, 2025
in अन्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारदाताले आवश्यक पर्ने जनशक्ति नपाएको बताउनुभएको छ ।


बुधवार राजधानीमा नेपाल ट्रेड युनियन कांग्रेसले गरेको एक कार्यक्रममा बोल्दै उहाँले दुईपक्षलाई जोड्न नसक्दा श्रमिकले काम नपाएको र रोजगारदाताले समेत श्रमिक नपाएको बताउनु भयो ।

उहाँकाअनुसार यही ग्यापलाई सम्बोधन गर्न सरकारले श्रमसञ्चार अनलाइन पोर्टल सञ्चालनमा ल्याएको बताउनु भयो ।

उहाँले हरेक वर्ष ४ लाख जनशक्ति श्रम बजारमा आउने गरेको बताउँदै त्यो शक्ति कति सीपयुक्त हुन्छ भन्ने महत्वपूर्ण हुने बताउनु भयो ।

अहिले वैदेशिक रोजगारमा जानेको लहर चलेपनि मुलुकभित्रै ठूलो जनशक्तिको आवश्यकता रहेको भण्डारीको भनाई छ ।

उहाँकाअनुसार गहना बनाउने ८ लाख, निर्माणमा २० लाख, तयारी पोसकामा समेत उत्तिकैसंख्यामा बाहिरबाट मान्छे काम गर्न नेपालमा आइरहेका छन् ।

त्यसका ठाउँमा रिप्लेस गर्न सकेपनि नेपालमा धेरै जनाले रोजगारी पाउने स्थीति बन्नेछ ।


श्रममन्त्री भण्डारीले भन्नुभयो–‘रोजगारदताले मान्छे पाएको छैन्, काम गर्न खोज्ने श्रमिकले मान्छे पाएको छैन । हरेक पालिकाले तालिम दिएको छ, कामको सर्टिफिकेट बोकेर श्रमिक हिनेको छ तर रोजगारदाताले मान्छे पाएको छैन । रोजगारदाताले मान्छे नपाएको सत्य कुरा हो यो । किनभने हामीले यसलाई जोड्न सकेका छैनौं । यही स्थीतिलाई हेरेर श्रम रोजगार सम्मेलन गरेर आगामी दशकलाई रोजगारी दशक अघि बढाउन खोजेका छौं । वैदेशिक रोजगारीको निर्भरतालाई घटाएर लैजान यो दशक शुरु गरेका हौं । रोजगारको विकल्प रोजगार मात्रै हुन्छ अरु हुँदैन । हरेक वर्ष ४ लाख जनशक्ति श्रम बजारमा आउने गरेको बताउँदै त्यो शक्ति कति सिपयुक्त हुन्छ ? बजारले मागेअनुसारको आएको छ की छैन् ? बजारले मागेअनुसार सिपयुक्त जनशक्ति आएन भने कसरी जोड्ने रोजगारदातासँग ?’


उहाँल सबै श्रमसम्बन्धि सेवा सुचनासहित सम्पूर्ण जानकारी दिनका लागि श्रमसंसार डिजिटल पोर्टल शुरु गरेको बताउँदै ७५३ ओटा पालिकालाई जोड्ने तयारी भएको बताउनु भयो ।

नेपालमा बिना भन्सुन जागिर पाइँदैन भन्ने भाष्य सिर्जना भएको भन्दै श्रम सञ्चार पोर्टलले त्यसलाई चिर्न सघाउ पुग्ने बताउनु भयो ।

उहाँकाअनुसार त्यसपछि त्यो पोर्टललाई नागरिक एपसँग जोडिनेछ ।

त्यो पोर्टललाई वैदेशिक रोजगारीको डिमाण्डसँग जोडिने बताउँदै उहाँले वैदेशिक रोजगारका डिमाण्डहरु जोडिसकेपछि विचौलियाले जुन ठग्ने गरेका छन त्यहीबाटै नियन्त्रण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँकाअनुसार अहिले भैसिपाटीमा मात्रै टे«निङ सेन्टर छैन ।

राष्ट्रिय व्यवसायि तालिम केन्द्रलाई त्यसलाई सरकारले प्रतिष्ठान बनाइसकेको छ ।

त्यहाँबाट रोजगारीका तालिमहरु संचालन भइरहेको छ ।

श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरु छोटो समयका लागि गएको बताउँदै फर्केर आउनेको सिपलाई परिचालन गर्न सकेपनि मुलुक समृद्ध बन्नेछ ।

वैदेशिक रोजगारीमा ३६ हजार ठगीको उजुरी रहेको र त्यसको फरफारक गर्न काम भइ रहेको, स्वचालित हिसाबले न्यूनतम तलब निर्धारण गर्न गृहकार्य भएको, समाजिक सुरक्षा अनिवार्य गर्ने,ऐन कानून संशोधन गर्नेजस्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको उहाँको भनाई छ।

Previous Post

युद्ध शुरु भएदेखि गाजामा १६ हजार भन्दा बढी बालबालिकाको मृत्यु

Next Post

युद्धग्रस्त पाकिस्तानबाट नेपालमा २५ करोड बढीको समान आयातः मसला, स्याम्फुदेखि औषधिसम्म

Next Post

युद्धग्रस्त पाकिस्तानबाट नेपालमा २५ करोड बढीको समान आयातः मसला, स्याम्फुदेखि औषधिसम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन