• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भारत र पाकिस्तानमा बसोवास गर्ने नेपाली नागरिकको सुरक्षा प्रवन्ध मिलाउन सभामुखद्वारा सरकारको ध्यानाकर्षण

नीतिप्रेस by नीतिप्रेस
May 9, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बसोवास गर्ने नेपाली नागरिकको सुरक्षाको प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सभाको शुक्रवारको बैठकमा सभामुख घिमिरेले नेपालीहरूको सुरक्षा लगायत पर्नसक्ने सम्भावित समस्याहरू प्रति आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसदहरुले भारत पाकिस्तानमा युद्ध शुरु भएकाले त्यहाँ बसोवास गर्ने नेपालीहरुको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसदहरुको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सभाको तर्फबाट सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीहरुको सुरक्षा लगायत पर्नसक्ने सम्भावित समस्याहरुप्रति आवश्यक व्यवस्थापन गर्न÷गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।


यसअघि सभाको बैठकमा सांसदहरुले भारत–पाकिस्तानबीचको सम्भावित युद्धबाट नेपाललाई पर्नसक्ने असरको विश्लेषण गरी आवश्यक पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

कश्मीरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलाले भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना गरेको छ ।

अपरेसन सिन्दूर’ घोषणा गरेको भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको छ ।

उता पाकिस्तानले भने महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको छ ।

पाकिस्तानले बिहीवार अपरान्ह उत्तरपश्चिमी भारतका १५ सैन्य शिविरमा लक्ष्य गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतको दाबी छ ।

पाकिस्तानले अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई निसाना बनाएको भारतले जनाएको छ ।

यी दुई देशबीचको बढ्दो तनावले विश्व राजनीति तरंगित भएको छ ।

Previous Post

विद्यालय शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छः काँग्रेस

Next Post

प्रेस युनियनले लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने

Next Post

प्रेस युनियनले लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन