पोखरा । आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला तीन हजार सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
पोखरा बजारमा आज सुनको भाउ प्रतितोला एक लाख ८७ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यस्तै असली चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर सोमबार प्रतितोला एक हजार नौ सय सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ७० रुपैयाँ रहेको थियो ।
आज पोखरामा चाँदी प्रतितोला एक हजार नौ सय ९० रुपैयाँका कारोबार भइरहेको छ ।






