पोखरा । क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज भरतबहादुर बस्नेतको निधन भएको छ ।
केही महिनादेखि पेट रोगसम्बन्धी समस्याबाट ग्रसित ६७ वर्षीय बस्नेतकाे साेमबार निधन भएकाे हाे ।
बस्नेत पाँच दशकदेखि स्थानीय समाज विकास, निर्माण कार्यमा सक्रिय रहँदै आएका थिए ।
क्षत्री समाज नेपालको स्थापना समाजबाट भएका आन्दोलन कार्यक्रममा बस्नेतको महत्वपूर्ण योगदान रहेको वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर थापाले बताए ।
प्रष्ट वक्ताको रुपमा परिचित बस्नेत नेकपा एमाले गण्डकी प्रदेश समितिको पूर्व सदस्य, टोल विकास संस्था, धार्मिक संस्थाहरुको विकास र कार्यक्रममा महत्वपूर्ण योगदान छ ।
बस्नेतका श्रीमती र तीन छोरा छन् ।
बस्नेतको शोकमा क्षत्री समाज नेपालको आकस्मिक बैंठकद्वारा योगदानको कदरसहित पाँच दिन देशैभर शोक मनाउने, सातौँ दिनमा शोकसभा गर्ने वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए ।
अध्यक्ष रिबबहादुर थापा, सचिव शिव थापाले समाजको झण्डा ओढाएर भरतबहादुरको अन्तिम बिदाइ गरेका थिए ।






