• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा माकाजू निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
May 13, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ स्थित सिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा भवानी माकाजू निर्वाचित भएकी छन् ।

संस्थाको २२औँ साधारणसभा तथा १०औँ अधिवेशनले माकाजूलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

माकाजू शुभकामना महिला विकास केन्द्रका पूर्वअध्यक्षसमेत हुन् । उनी हाल महिलाहरुद्वारा सञ्चालित नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत हुन् ।

संस्थाको उपाध्यक्ष कल्पना गौतम, सचिवमा जमुना आचार्य, कोषाध्यक्ष लीला श्रेष्ठ, सहसचिव पुनम कोइराला निर्वाचित भए ।

यस्तै कार्यसमिति सदस्यमा देवी श्रेष्ठ, सावित्री श्रेष्ठ, सुष्मा गोठाजु, संगीता कोइराला, शर्मीला पराजुली र अनिता लिगल छन् ।

यसअघि अधिवेशन उद्घाटन गर्दै पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सद्धार्थ टोल टोल विकास संस्था वडाकै नमुना संस्था भएको बताए । उनले संस्थाले गर्ने सबै काममा वडाको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वडासदस्यद्वय पार्वती माकाजु र प्रकाश कोइराला, सिद्धार्थ क्लबका अध्यक्ष देवेन्द्र पराजुली, पूर्वअध्यक्ष गोमा कोइराला सुवेदी, वरिष्ठ सल्लाहकार मदनकाजी श्रेष्ठ, सल्लाहकार भीमबहादुर श्रेष्ठ, पूर्व सल्लाहकार मुक्ति पराजुली र वसन्त लिगल, बुढानीलकण्ठ मन्दिर समिति अध्यक्षले बोलेका थिए ।

कार्यक्रममा बालगोपाल श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ, विन्ध्येश्वरी श्रेष्ठ र मुक्ति पराजुलीलाई ज्येष्ठ नागरिक सम्मान गरिएको थियो ।

यस्तै सल्लाहकारहरु मदनकाजी श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, किरण कोइराला, सानुकाजी लिगललाई सम्मान गरिएको थियो भने समाजसेवी लिलाराज सुवेदीलाई स्व. बुद्धिप्रसाद माकाजू स्मृति सम्मान अर्पण गरिएको थियो ।

साथै उत्कृष्ट सहयोगी धननारायण श्रेष्ठलाई नगदसहित, भवन निर्माणमा अनुगमन समिति संयोजक भएर उत्कृष्ट काम गरेका स्व. बाबुकाजी लिगल, सदस्य शरण लिगल, पार्वती माकाज, गोमा सुवेदी कोइराला र देवेन्द्र कोइरालालाई सम्मान गरिएको थियो ।

यस्तै नवीन माविमा अध्ययनरत अतिविपन्न वर्गका चार जना विद्यार्थीलाई पोशाक र स्टेशनरी सामग्री प्रदान गरिएको थियो भने संस्थाको विभिन्न कार्यक्रममा संयोजक भएर उत्कृष्ट काम गरेकाहरुलाई सम्मान, एसईईमा उत्कृष्ट भएका दुई विद्यार्थीलाई सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट काम गर्ने धननारायण श्रेष्ठ र कर्मचारी कविता थापालाई पनि सम्मान गरिएको थियो ।

यसैगरी क्यान्सर रोग पीडित मीरा पन्तलाई आर्थिक सहयोग गरिएको थियो ।

संस्थाका अध्यक्ष सीमा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक भवानी माकाजूले स्वागत र सचिव कल्पना गौतमले सञ्चालन गरेकी थिइन् ।

Previous Post

क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष बस्नेतको निधन

Next Post

भारत-पाकिस्तान युद्धविरामसँगै राहत

Next Post

भारत-पाकिस्तान युद्धविरामसँगै राहत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन