• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा विश्वकै दोस्रो अर्धनारीश्वर दिव्यधाम बन्ने

नीतिप्रेस by नीतिप्रेस
May 14, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल सरकार र भारतीय राजदूतावासको सहयोगमा पोखरा महानगरपालिका वडा नं २८ स्थित कालिकामा दिव्यधाम निर्माण शुरु भएको छ । यो विश्वकै दोस्रो अर्धनारीश्वर धाम हुने बतान्छ ।

करिब ७० रोपनी क्षेत्रफल जग्गामा अर्धनारीश्वर धाम निर्माण गर्न थालिएको पोखरा २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए । 

सामुदायिक वनसँगको समझदारीमा धामको पहिलो चरणको निर्माण सुरु भएको छ । कुल ५० करोड लागत अनुमान भए पनि पहिलो चरणमा २० करोड खर्च गरिने बताइएको छ ।

संस्थाले हिन्दू धार्मिक आस्थाको प्रतीक अर्धनारीश्वर धामको निर्माण तथा त्यसको प्रवर्द्धनमार्फत समाजमा नैतिक, सांस्कृतिक र आध्यात्मिक चेत फैलाउने उद्देश्य राखेको छ। 

अर्धनारीश्वर धाम निर्माण तथा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा २०८० फागुनमा संस्था दर्ता भएको छ ।

गहते दुरारुख सामुदायिक वन उपभोक्ता समूहसँग अर्धनारीश्वर दिव्यधाम धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन संस्थाबीच सम्झौता भएको थियो।

धामको पूर्वाधार निर्माण, तीर्थालुहरूको सुविधाका लागि आवास, पवित्र जलकुण्ड, सभामञ्च, पार्क र पर्यटन अनुकूल संरचना निर्माणको कार्य सुरु भएको छ । यसका लागि सरकार र भारतीय दूतावासबाट सहयोगको प्रतिबद्धता आइसकेको बताइन्छ । 

प्रस्तावित संरचना निर्माण लागत अनुमान ५० करोड ४५ लाख रुपैयाँ छ । जसमा आकर्षकको रुपमा १०८ फिटको अर्धनारीश्वर महादेवको मूर्ति बन्नेछ । 

मूर्ति कस्तो डिजाइनको बनाउने भन्ने विषयमा तयारी भइरहेको वडाध्यक्ष लामिछानेले बताए । ७० रोपनी जग्गामा कहाँ कस्तो संरचना बनाउने भन्नेमा डिजाइनको काम भइरहेको उनले बताए । 

भ्यु प्वाइन्ट, बच्चाका लागि पार्क, योग र मेडिटेसन हल, गुरुकुल र प्रशासनिक भवन, पिकनिक स्पट, बगैँचा र सूचना केन्द्र, रेस्टुरेन्ट, ढुंगा छाप्ने, प्रवेशद्वार, शौचालय, निर्माणको फाउन्टेनलगायत छन् । 

धाम आसपासमा कालिका देवी मन्दिर, चुत्रेकोट दुमादी, काल भैरव, सिद्धेश्वर मन्दिर, भैरव मन्दिर, जलेश्वर महादेव, थानापति शिव मन्दिर, सर्वमोक्ष धाम छन्।

चालू आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

Previous Post

लिबियाको त्रिपोलीमा झडप हुँदा ६ जनाको मृत्यु

Next Post

पोखराको पुम्दीकोटमा बस दुर्घटना, कम्तीमा २० जना घाइते

Next Post

पोखराको पुम्दीकोटमा बस दुर्घटना, कम्तीमा २० जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन