• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

राइड सेयरिङलाई मान्यता दिने निर्णयविरुद्ध यातायात व्यवसायीले आन्दोलन चर्काउने

नीतिप्रेस by नीतिप्रेस
May 14, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । राइड सेयरिङलाई कानूनी मान्यता दिने गण्डकी प्रदेश सरकारको निर्णयको पोखराका यातायात व्यवसायीले विरोध गरेका छन् ।

गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेसँगै प्रदेशभर राइड सेयरिङले निश्चित मापदण्ड पूरा गरेर सञ्चालनको इजाजत पाउने भएका थिए । सरकारको यो निर्णयको विरुद्धमा यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घका सचिव गान्धीराज गिरीले सङ्घीय ऐनको बर्खिलाप हुने गरी प्रदेश सरकारले नियमावली ल्याएको बताए ।

प्रदेश सरकारले ल्याएको कार्यविधि कानूनसम्मत नभएको भन्दै उनले यसरी राइड सेयरिङलाई मान्यता दिने हो भने कुनै पनि सवारी साधनको वर्गीकरण आवश्यकता नपर्ने जिकिर गरे ।

आफूहरूसँग कुनै छलफल नै नगरि सरकारले एकपक्षीय ढङ्गबाट नियमावली ल्याएको भन्दै उनले यसकाविरुद्ध आन्दोल गर्ने चेतावनी दिए ।

राइड सेयरिङसम्बन्धी नियमावली तत्काल खारेज गर्न माग गर्दै उनले यो नियमावली तत्काल खारेज नभए सशक्त आन्दोलन अघि बढाउने गिरीको चेतावनी छ ।

यस्तै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी यातायात व्यवसायीलाई जिस्क्याउने गरी सरकारले सुटुक्क ऐन पास गरेको बताए । आफूहरूको पुरानै माग अझै पनि सम्बोधन नभएको उनको भनाइ छ ।

सरकारले ल्याएको नियमावलीमा आफूहरुको आपत्ति नभएको भन्दै केसीले सङ्घीय कानूनको प्रावधान प्रदेशले मान्नुपर्ने स्पष्ट पारे ।

यात्रु नै बोक्ने हो भने मोटरसाइकल र स्कुटरलाई अब कालो प्लेटको बनाउनुपर्ने उनको जिकिर छ । नेपालको कानुनले रातो प्लेटको साधनलाई भाडामा लगाउन नमिल्ने भन्दै अध्यक्ष केसीको तर्क छ ।

यता, एवान् ग्रेटर नेपाल यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेलले संघीय ऐन विपरीत सार्वजनिक यातायात व्यवसायी र यातायात श्रमिकमाथि गण्डकी प्रदेश सरकारले बलमिच्याइँ गरेको बताएका छन् ।

छलफल, समन्वय, पेशागत सम्मान र लगानी संरक्षणका लागि कुनै कुरा नै उल्लेख नगरि सरकार अघि बढेको भन्दै उनले यसकाविरुद्ध सशक्त आन्दोलनको विकल्प नभएको बताए ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले निजी गाडीलाई यात्रु ओसारपसार गर्न निषेध गरेको छ । यसअघि २०८० माघमा पनि सरकारले राइड सेयरिङको नियमावली बनाउने तयारी थालेपछि व्यवसायी विरोधमा उत्रिएपछि सरकार पछि हटेको थियो ।

प्रेस विज्ञप्ति

Previous Post

पोखराको पुम्दीकोटमा बस दुर्घटना, कम्तीमा २० जना घाइते

Next Post

पोखरामा माइक्रो बस दुर्घटना हुँदा तीनको मृत्यु, आठ जना घाइते

Next Post

पोखरामा माइक्रो बस दुर्घटना हुँदा तीनको मृत्यु, आठ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन