• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकी र बागमती प्रदेशका मन्त्रीहरूबीच साझा प्रतिबद्धता

नीतिप्रेस by नीतिप्रेस
May 15, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गण्डकी र बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेशबीच श्रम, रोजगार र उद्यम प्रवर्द्धनसम्बन्धी नीतिगत तथा कार्यान्वयन पक्षमा गरिएका कामहरूको अनुभव साझा गरिएको हो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले वैदेशिक रोजगारीमा जाने श्रमिकले भोग्ने समस्या गम्भीर भएको र उक्त समस्यालाई समाधान गर्ने बाटोमा लाग्नुपर्ने आवश्यकतालाई औंल्याए ।

“गण्डकी प्रदेश सरकार युवालाई सीप सिकाएर स्वदेशमै अवसर सिर्जना गर्ने अभियानमा छ । सीप विकास तालिम केन्द्र र व्यवसायिक तालिम प्रतिष्ठान (जिटीईभीटी) मार्फत सीपमूलक तालिम दिइरहेका छौँ”, उनले भने ।

मन्त्री थापाले  मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन गण्डकी सरकार कानून निर्माण चरणमा रहेको उल्लेख गरे ।

व्यवसायिक क्षेत्रमा जनशक्तिको अभाव भएको  बताउँदै आफू पनि व्यवसायिक फिल्डबाट आएको मान्छे भएकाले यो समस्या अनुभूति गरेको उनले बताए ।

उद्यमशीलता प्रवर्द्धन र राइट शेयरिङ कार्यविधि जस्ता माध्यमबाट गण्डकी सरकारले पार्ट टाइम रोजगारीको ढोका खोल्दै गरेको अभिव्यक्ति उनको छ ।

सीपमूलक शिक्षा र उद्यममैत्री वातावरणले वैदेशिक रोजगारीकै कारण देखिएको सामाजिक असन्तुलनलाई चिर्न सक्ने विश्वास मन्त्री थापाले गरेका छन् ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सिक्ने अवसर मिल्नु नै मुख्य कुरा भएको बताए । प्रदेशले गरेका राम्रा कामहरू जनताको बीचमा नलाँदा त्यसको औचित्यमाथि प्रश्न उठ्को भनाई उनको छ ।

 “हामीले गरेका राम्रा अभ्यासलाई जनतासामु लैजानै पर्छ । गण्डकी प्रदेशका राम्रा पक्षहरू बागमतीले सिक्न सक्छ, र बागमतीका अभ्यासहरू गण्डकीले पनि लिनुपर्छ”, उनले भने ।  

सामीको कार्यक्रम जनताको भोगाइसँग प्रत्यक्ष जोडिएको उत्कृष्ट कार्यक्रम भएको उनले उल्लेख गरे ।  रोजगार सिर्जनामा केन्द्रित बजेट र मानव संसाधन विकासमा केन्द्रित नीति-कार्यक्रम अबको अपरिहार्य रहेको उनले बताए ।

उनले रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै भौतिकभन्दा मानव विकासमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई औंल्याए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकार र बागमती प्रदेश सरकारले श्रम रोजगारीको क्षेत्रमा गरेका प्रयास तथा सामी कार्यक्रमको हालसम्मको संक्षिप्त प्रगति विवरण पेश गरेका थिए ।

दुबै प्रदेशका सचिवहरू, सम्बन्धित मन्त्रालयका निर्देशक तथा कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रमले श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने, उद्यमशीलता विकास गर्ने र प्रदेशस्तरमै रोजगारी सिर्जना गर्न सक्ने वातावरण निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Previous Post

राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य : प्रदेश प्रमुख भट्ट

Next Post

राष्ट्रिय भजन प्रतियोगिता भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम

Next Post

राष्ट्रिय भजन प्रतियोगिता भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन