पोखरा । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा छ सय रुपैयाँ घटेको छ भने चाँदीको स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा एक लाख ८४ हजार आठ सय रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा एक लाख ८४ हजार दुई रुपैयाँ कायम भएको हो ।
आज चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार तोलामा एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको चाँदी आइतार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।






