• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-८ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

नीतिप्रेस by नीतिप्रेस
May 18, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङको उपस्थितिमा आइतबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।

पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घरधुरी सर्वेक्षणसमेत गरिएको अधिकारीहरूले बताएका छन् । सोही अवसरमा वडा कार्यालयले पूर्णखोप सुनिश्चितताको प्रतिबद्धता पत्रसमेत जारी गरेको छ ।

प्रतिबद्धता पत्रअनुसार २०८२ जेठ ४ गतेसम्मा आठदेखि १८ महिनासम्मका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार सबै खोपको मात्रा दिइसकिएको छ ।

कार्यक्रममा “खोप शुल्कमा पाईंदैन”, “खोप सुरक्षित हुन्छ” र “खोपले जीवन रक्षा गर्छ” जस्ता नारासहित खोपको महत्वबारे जानकारीमूलक सन्देश प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा महानगरकी उपप्रमुख गुरुङले पोखरा महानगरपालिका वडा नं ८ ले आफ्ना सबै बालबालिकालाई खोपको माध्यमबाट सुरक्षित गरेर एक महत्वपूर्ण पाइला चालेको बताइन् ।

उनले यो कार्य अन्य वडाका लागि अनुकरणीय हुने बताइन् । बालबालिकाको सुरक्षित भविष्यमा लागि खोप एक प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको उनले बताइन् ।

महानगरपालिका क्षेत्रमा रहेका सबै बालबालिकालाई समयमा नै खोप उपलब्ध गराउने दायित्वप्रति आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ । बालबालिकाको स्वास्थ्य सुरक्षा विना स्वस्थ नागरिकको सामाजिक आवश्यकता पूर्ति गर्न नसकिने उनले स्पष्ट पारिन् ।

स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले आफूहरूको महानगरपालिकालाई पूर्ण खोप सुनिश्चिततासहित दिगोपना घोषणाको क्रममा रहेको बताए ।

पोखरा महानगरपालिका वडा नं.८ का वडाध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडाको बढ्दो जनघनत्वका बाबजुद बालबालिकाको स्वास्थ्य प्रवर्द्धन र आधारभूत खोपको सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।

पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले बालबालिकाको स्वास्थ्यका विषयमा अभिभावकको चासो पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए ।

पोखरा महानगरपालिका स्वास्थ्य व्यवस्थापन समिति उपाध्यक्ष पूर्ण लामाले नागरिकको समग्र स्वास्थ्यलाई व्यवस्थित र दिगो बनाउन बाल्य अवस्थाबाटै पाउनु पर्ने आधारभूत सेवाहरूको नियमिततामा जोड दिए ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेलले बालबालिकालाई आवश्यक खोप तथा पोषणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने हरेक अभियानमा महिला स्वयंसेविकाको भूमिका उल्लेखनीय हुने गरेको बताइन् ।

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख कुश्मराज सुवेदीले यस अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्थानीय राजनीतिक दलहरू, नागरिक समाजलगायतको भूमिका महत्वपूर्ण रहेको बताए ।

वडासदस्य गोविन्द बराल र शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख कुशुमराज सुवेदीले पूर्णखोप सुनिश्चितताका लागि चालिएका कदमबारे जानकारी गराएका थिए ।
कार्यक्रम पोखरा-८ का वडाध्यक्ष रूद्रनाथ बरालको अध्यक्षतामा भएको थियो ।

महानगरका ३१ वटा वडा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा भइसकेका छन् भने बाँकी दुई वडा घोषणा हुने क्रममा छन् । यही ज्येष्ठ १० गतेभित्र महानगरपालिकालाई नै पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्ने तयारी गरिएको छ ।

Previous Post

आज सुनको भाउ घट्यो

Next Post

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

Next Post

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन