• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जनप्रियमा लैङ्गिक हिंसासम्बन्धी सचेतना कार्यक्रम

नीतिप्रेस by नीतिप्रेस
May 20, 2025
in शिक्षा, समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले कार्यस्थलमा हुने लैङ्गिक हिंसा व्यक्त नगर्दा मानसिक पीडा सिर्जना हुने हुँदा परिवार र समाजलाई गम्भीर असर पर्ने भएकाले हिंसाका विरुद्ध सशक्त आवाज उठाएर कानुनी उपचार खोज्न सुझाए ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले क्याम्पस परिसरमा लैङ्गिक हिंसाका कारण कार्यसम्पादनमा प्रतिकुल असर नपरोस् भनेर सचेतना कार्यक्रम राखिएको र समस्या आएपछि पछुताउनुभन्दा समयमै होसियारी अप्नाउनु बुद्धिमता भएको बताए ।

कार्यक्रममा स्रोत व्यक्ति उपप्राध्यापक तथा अधिवक्ता दिनेश आचार्यले लैङ्गिक हिंसाको परिचय, परिभाषा, प्रकार, कारण र निवारणका उपायमा प्रशिक्षण दिएका थिए ।

आचार्यले मानसिक, आर्थिक, सामाजिक, साँस्कृतिक, यौनिक र यौन हिंसाका बारेमा सहभागीलाई अन्तरक्रियात्मक रूमा समेटदै लैङ्गिक समानताको प्रवर्धनका लागि सबैले आआफ्नो स्थानबाट जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिएका थिए ।

सचेतना कार्यक्रममा पूर्व क्याम्पस प्रमुख लोकराज भण्डारी, सहायक क्याम्पस प्रमुख नवीनराज खनाल डा. भावना पोखरेल, सुरेश रानाभाट, डा.विष्णुप्रसाद शर्मा, टंक बराल, गणेश चालिसे, टोपलाल खनाललगायतले लैङ्गिक संवेदनशीलता र समानताको महत्वका बारेमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायका ४० जना शिक्षक तथा कर्मचारीको सहभागिता रहेको सहायक प्रशासक महादेवकुमार पालिखेले जानकारी दिए ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालको अध्यक्षतामा सम्पन्न सचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख नवीनराज खनालले धन्यवाद ज्ञापन गरेका थिए भने उपप्रशासक एकनारायण अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Previous Post

अझै तीन दिन हवाहुरी, चट्याङसहित वर्षाको सम्भावना

Next Post

नवसिद्वार्थ महिला सहकारीकोे रक्तदानमा ५१ युनिट रगत संकलन

Next Post

नवसिद्वार्थ महिला सहकारीकोे रक्तदानमा ५१ युनिट रगत संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन