• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकार विद्यालय शिक्षा विधेयक लम्ब्याउने पक्षमा छैनः मन्त्री पन्त

नीतिप्रेस by नीतिप्रेस
May 21, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार विद्यालय शिक्षा विधेयक लम्ब्याउने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।

बुधवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पन्तले यस्तो दाबी गर्नुभएको हो । उहाँले विधेयकलाई लम्ब्याउने पक्षमा सरकार नरहेको र समितिको बैठक छिटो छिटो बसेर टुंग्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय सहमति हुन बाँकी रहेका विषयहरु राजनीतिक तहबाट सहमति गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले नटुंगेका विषयहरु थाँती राखेर विधेयकको छmलफल नरोकी अघि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो विधेयकलाई लम्ब्याऔँ भन्ने पक्षमा म पनि छैन । आईतवार, सोमवार कहिले बैठक राख्नुहुन्छ राख्नुस् । छलफल जारी राखौँ । कतिपय विषयहरु राजनीतिक तहमा पनि सहमति खोज्नुपर्ने हुन्छ । त्यसमा मरिहत्ते नगरौँ । विषय टुंग्याउँदै जाऔँ । नटुंगेका विषय थाँती राखेर अघि बढौँ । विधेयकको छलफल नरोकौँ ।’

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद एवं निःवर्तमा शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक बनाउँदा विद्यार्थीप्रति उत्तरदायी भएर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयको पूर्वाधारको अवस्थाप्रति सचेत रहन आग्रह गर्नुभयो । उहाँले मानवीय पूर्वाधारको पक्षलाई पनि हेरेर विधेयक बनाउनुपर्ने बताउनु भयो । आजको विद्यालय शिक्षाको सिकाइमा सुधार ल्याउन जरुरी रहेको र शैक्षिक गुणस्तरका लागि सिकाईलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी को प्रति उत्तरदायी हुने भन्नकुरा महत्वपूर्ण कुरा हो । हामी उत्तरदायी विद्यार्थीप्रति हुने हो । अहिले पनि विद्यालयको पूर्वाधारको अवस्था के छ, त्यो पूर्वाधार व्यवस्थित गर्न आवश्यक छ । भौतिक पूर्वाधारको कुरा मात्रै गर्दछौँ । मानवीय पूर्वाधारको पक्ष आज पनि धेरै प्रश्नचिन्हभित्र छ । जसलाई यो ऐनबाट हामीले व्यवस्था गर्न सकेनौँ यो विधेयकमा भने भोलि फेरि समस्या हुनसक्छन् । आजको विद्यालय शिक्षाको सिकाइमा सुधार गर्नुपर्छ । शैक्षिक गुणस्तरका लागि सिकाईलाई प्रभावकारी बनाउनु पर्छ ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद डिगबहादुर लिम्बूले दफावार छलफलको क्रममा मन्त्रीले अन्यत्र समय दिन नहुने बताउनु भयो । उहाँले विधेयकप्रति जवाफदेही बनेर समितिमा बढी समय दिन आग्रह गर्नुभयो । उहाँले निजी विद्यालयको बारेमा सरकारको धारणा के हो ? भन्नेबारेमा पनि सरकारले स्पष्ट पार्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘दफावार छलफल गर्ने बेलामा मन्त्रीज्युले अन्त टाइम दिनु भएन । मन्त्रीज्युले टाइम दिनुभएन भने छलफल हुँदैन, छलफल कसरी अघि बढ्छ । अपजस पाउने कुरा त भएन । निजी विद्यालयको बारेमा सरकारको धारणा के हो ? स्पष्ट आउनुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले निजी, सार्वजनिक गुठी र निजी गुठीका सञ्चालकहरुसँग बसेर छलफल गर्न आग्रह गर्नुभयो । उहाँले अनौपचारिक सुझावलाई औपचारिक बनाउन माग गर्नुभयो । उहाँले शिक्षकको इन्ट्रि उमेर महिला र पुरुषको एउटै राख्नुपर्ने लगायतका विषयहरु छुटेको भन्दै समितिको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो, ‘निजी, सार्वजनिक गुठी र निजी गुठी यि तीनथरी विद्यालयहरुको बारेमा छलफल गर्दा सार्वजनिक विद्यालयका केही राम्रो गरेका प्रिन्सिपल र व्यवस्थापक, राम्रो गरेका सार्वजनिक र निजी गुठीका सञ्चालकहरुसँग कुरा गर्न भ्याएका छैनौँ । प्याब्सन, एनप्याब्सनसँग बस्यौँ । तर उहाँहरुसँग पनि बसेर के गरी राम्रो हुँदो रहेछ भन्नेबारेमा जानकारी लिनुपर्छ । धेरै अनौपचारिक सुझाव आएका छन्, त्यसलाई औपचारिक गराऔँ । शिक्षकको इन्ट्रि उमेर एउटै गरौँ । पुरुषलाई ३५, महिलालाई ४० किन गरिराख्ने सबैलाई ४० गरौँ भन्ने छलफm गरेका थियौँ । त्यो छुटेको छ, त्यसलाई समेट्नुपर्छ । पटक पटक भएका सम्झौताका विषय विधेयकमा समेट्नुपर्ने हो की होइन, त्यो मन्त्रालयले तयारी गर्नुपर्छ ।’

सांसद शर्माले कतिपय सम्झौता कानून बनाएर गर्नुपर्ने भएकाले सरकार स्पष्ट हुनुपर्ने बताउनु भयो ।

Previous Post

राष्ट्रिय सभामा पानी जहाज सञ्चालन सम्बन्धी समितिको प्रतिवेदन पेश

Next Post

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

Next Post

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन