• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

टि ट्वान्टी ग्लोवल छनोट पार गर्ने हामीसँग क्षमता छ–प्रशिक्षक कटुवाल

नीतिप्रेस by नीतिप्रेस
May 22, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आइसिसी महिला टि ट्वान्टी ग्लोवल छनोटबाट नेपालले सफलता पाउनसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

थाइल्याण्डमा सम्पन्न आइसिसी महिला टि ट्वान्टी विश्वकप एशिया छनोटको शिर्ष दुई स्थानमा रहँदै नेपाली टोलीले सोमवार विश्वकपको अन्तिम छनोटमा स्थान बनाएको थियो ।

बुधवार साँझ स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीका प्रशिक्षक कटुवालले ग्लोवल छनोटमा शिर्ष चार टोली बन्दै विश्वकपमा यात्रा गर्न आफ्नो टोली सक्षम रहेको प्रतिक्रिया दिएका हुन् ।

ग्लोवल छनोटमा पूर्ण सदस्य राष्ट्र बङ्गलादेश र स्कटल्याण्डसहित एशिया, युरोप र अफ्रिकाबाट समान दुई, इस्ट एशिया र अमेरिकाबाट समान एक गरी कुल १० राष्ट्रले विश्वकपमा स्थान बनाउन प्रतिष्पर्धा गर्नेछन् ।

यहाँबाट चार राष्ट्रले विश्वकपको यात्रा तय गर्नेछन् । 

यद्यपि हालसम्म उक्त छनोटको मिति भने तोकिएको छैन ।

नेपालका प्रशिक्षक कटुवालले उक्त छनोट प्रतियोगिताका लागि पर्याप्त समय रहेको उल्लेख गर्दै राम्रो तयारी गर्दै खेल्ने हो भने आफ्नो टोलीमा क्षमता रहेको धारणा राखे ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले विश्वकप छनोटको तयारी गर्न निश्चित योजना ल्याउन भनिसकेको प्रशिक्षक कटुवालले उल्लेख गरे ।

बलिया राष्ट्रसँग नियमित श्रृंखला खेल्दै राम्रो योजना बनाएर तयारी गर्नसके विश्वकपको अन्तिम छनोट आफ्नो टोलीले पार गर्ने उनको विश्वास छ ।

पछिल्ला समय लगातार अनुभवी टोलीसँग अभ्यास खेलिरहँदा तयारी पनि राम्रो भएकाले यो सफलता पाएको उनी बताउँछन् । 

प्रशिक्षक कटुवालले नेपाली टोलीमा ससाना गरी धेरै परिवर्तन आएको र खेलाडी पनि पूर्णरूपमा व्यावसायिक खेलाडी बनिरहेकाले यो टोलीबाट धेरै आशा गर्नसक्ने उल्लेख गरे ।

नेपालकी कप्तान इन्दु बर्माले पनि थाइल्याण्डको छनोटकै लागि भैरहवा र दिल्लीमा क्याम्पले धेरै मद्दत मिलेको बताइन् ।

झन्डै दुई दशकदेखि नेपाली महिला क्रिकेट टोली ठूलो सफलताको खोजीमा रहेको उनले उल्लेख गर्दै यसपल्ट सफलता मिलेको बताइन् ।

पूर्वकप्तान रुविना क्षेत्रीले लगातार क्रिकेट समर्थकको आलोचनाले पनि अभैm राम्रो गर्नपर्छ भन्ने आफूहरूलाई थप प्रोत्साहन मिलेको धारणा राखिन् ।

नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का र प्रवक्ता छुम्बी लामाले स्वागत गरेका थिए ।

Previous Post

पाकिस्तानमा स्कुल बस आक्रमणमा ५ जनाको मृत्यु

Next Post

पोखरामा जारी गण्डकी शत कुण्डीय कोटीहोम बारे पोखरा महानगर किन मौन

Next Post

पोखरामा जारी गण्डकी शत कुण्डीय कोटीहोम बारे पोखरा महानगर किन मौन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन