• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि पीडित–पीडकबीच स्पष्ट सम्झौता आवश्यकः सहमहामन्त्री परियार

नीतिप्रेस by नीतिप्रेस
May 25, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले जातीय भेदभाव र छुवाछुत जस्ता सामाजिक कुसंस्कार अन्त्यका लागि पीडित र पीडकबीच स्पष्ट सम्झौता आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौंमा राष्ट्रिय समता दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री परियारले जातीय विभेदको अन्त्य केवल कानूनी प्रावधानबाट नभई सामाजिक, मानसिक र नैतिक रूपान्तरणबाट सम्भव हुने बताउनुभएको हो पीडित र पीडकबीच सम्झौता नभएसम्म जातीय भेदभाव अन्त्य नहुने उहाँको भनाइ छ । उहाँले जातीय भेदभावको अन्त्य गर्न तल्लो तहबाट नभई नीति निर्माणको तहबाट पहल गरिनुपर्ने बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘जबसम्म पीडित र पीडकका बीचमा सम्झौता हँुदैन नि तबसम्म जातीय भेदभाव अन्त्य हुँदैन । पीडित र पीडकका बीचमा एउटा सम्झौता चाहियो । त्यो सम्झौता भनेको के हो भने आजका मितिदेखि आजसम्म हामीले जातीय भेदभाव र छुवाछुत गरेका थियौँ अब देखि गर्दैनौँ भन्ने संकल्प गर्नुप¥यो । जबसम्म पीडकले प्रतिवद्धता व्यक्त गर्दैन, जब छुवाछुत गर्नेहरुले आजदेखि गर्दिन भनेर भन्न सक्दैनन् तबसम्म अन्त्य हुदैन । जातीय भेदभाव र छुवाद्धछुत जस्तो जुन कुसंस्कार छ यसको हल तलबाट होइन माथिल्लो तहबाट शुरु गर्नुपर्छ ।’

जातीय समावेशिता, समानता र न्याय सुनिश्चित गर्न कानूनी तथा सामाजिक रूपान्तरणको आवश्यकता उहाँको भनाइ छ । नेपाली काँग्रेसकी सांसद सीता मिजारले जातीय विभेद अन्त्य गर्न स्पष्ट रुपमा कानूनी व्यवस्था हुनुपर्ने बताउनु भयो । संसदमा बोलेर मात्र जातीय भेदभाव र छुवाछुत अन्त्य नहुने उल्लेख गर्दै उहाँले सकारात्मक आन्दोलन आवश्यक रहेको बताउनु भयो । उहाँले तल्लो तहबाट दलितको मुद्दा नबोलेको आरोप लाग्ने गरेको र संसदमा बोल्नको लागि दलितको मुद्दा मात्रै छ र ? प्रश्न गरिने भएको कारण समस्या भएको उहाँको भनाइ छ । 

सांसद मिजारले अहिले पनि जातीय भेदभाव र छुवाछुतको विषय संक्रमणकालिन अवस्थामै रहेको उल्लेख गर्दै भेदभावको अन्त्य गर्नको लागि ठूलो आन्दोलको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

Previous Post

पाेखरा-२६ काे अबकाे प्राथमिकता : शिक्षा, स्वास्थ्य र रोजगार प्रवर्द्धन

Next Post

पाटन दरबार स्क्वायरमा हिमालयन आर्ट क्याम्प शुरु

Next Post

पाटन दरबार स्क्वायरमा हिमालयन आर्ट क्याम्प शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन