• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुन्छः उर्जामन्त्री खड्का

नीतिप्रेस by नीतिप्रेस
May 27, 2025
in अर्थ/वाणिज्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा स्वतन्त्र उर्जा, उत्पादकहरुको संस्था (इप्पान) ले काठमाडौंमा गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बजेटको चपेटामा पनि मन्त्रालयले एक मिहनाभित्रै विद्युत विधेयक संसदबाट पारित गराउने गरी काम गरिरहेको बताउनु भयो ।

उहाँले विद्युत विधेयक विगतमा पनि पटक पटक प्रश्तुत हुँदै फिर्ता हुँदै आउने गरेको र अहिले मन्त्रालयले जलश्रोत विधेयक सक्ने बित्तिकै रातदिन काम गरिरहेको उल्लेख गर्नुभयो ।

लगानी डुब्दा डेभलपरहरुको मात्रै डुब्छ भन्ने नसोच्न आग्रह गर्दै जनताको पनि लगानी डुब्ने र त्यसको जिम्मेवारी सरकारले लिने बताउनु भयो ।

मन्त्री खड्काले लक्ष्य विचलित सरकार नरहेको बताउनु भयो ।

सरकारको मुख्य आयश्रोत अहिले विद्युत नै रहेको जिकिर गर्नुभयो ।

मन्त्री खड्काले भन्नुभयो, ‘अहिले पनि पटक पटक थाँती रहेको विद्युत विधेयक प्रश्तुत हुँदै फिर्ता आउँदै गरेको र यसै पटक पनि दुई वर्षअघि प्रश्तुत भएको विधेयक जलश्रोत विधेयक सक्ने बित्तिकै रातदिन यसमा काम गरिरहेका छौँ । बजेटको चेपेटो छ तथापि हामी विधेयमाथि काम गरिरहेका छौँ । पनि हामी रात दिन यसमै काम गरिरहेका छाँै । यो एक महिना भित्रैमा विधेयक संसदबाट पारित हुन्छ । प्राधिकरण एक्लैले सकेन भने त्यसको विकल्प होला नि त सरकारसँग । लगानी डुब्दा डेभलपरहरुको मात्रै डुब्छ जस्तो लाग्छ, तमाम जनताको डुब्छ, त्यसको जिम्मेवारी सरकारले लिन्छ, सरकारको दायित्व हो । लिनुपर्छ ।’

स्वतन्त्र उर्जा, उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत प्राधिकरण र मन्त्रालय उर्जा उत्पादकहरुको अभिभावक भएको बताउनु भयो । तर पछिल्लो समय उर्जा क्षेत्रमाथि सबैतिरबाट आक्रमण नै आक्रमण हुने गरेको बताउनु भयो ।

उहाँले उर्जा क्षेत्रलाई अगाडि बढ्न नै नदिने गरी आक्रमण भइरहेको बताउनु भयो ।

स्वदेशमै उत्पादन बिजुलीले लोडसेडिङ अन्त्य गर्नेगरी सरकार र निजी क्षेत्र लागि रहँदा केहीले भने आयातित बिजुलीले नै लोडसेडिङ अन्त्य हुनुपर्छ भन्ने योजनासहित अघि बढिरहेको बताउनु भयो ।

अध्यक्ष कार्कीले भन्नुभयो, ‘विद्युत प्राधिकरण र मन्त्रालय भनेको हाम्रो अभिभावक हुन् । अहिले थुप्रैतिरबाट अट्याक नै अट्याक हुँदैछ । यो क्षेत्रलाई अघि बढाउन नदिने हो की । सधैँ नै हामीले हाम्रो बिजुलीले होइन की आयाति बिजुलीले लोडसेडिङ अन्त्य गर्ने हो की भन्ने प्लानिङसहति अघि बढ्न लागेको हो की जस्तो देखिन्छ । कहीँबाट केही अघि बढ्न दिँदैनन् । सेबनको इस्यु त्यत्तिकै छ । सेबनलाई मन्त्रालयबाट पत्राचार भएको थियो, आइपिओको इस्यु खोलिदिनु भनेर । अहिले ४३ वटा प्रोजेक्ट अड्किएर बसेका छन् । खनालको आयोग भनेर अर्कै रिपोर्ट दिएको छ ।’

स्वतन्त्र उर्जा, उत्पादकहरुको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले सरकारले देशलाई समृद्ध बनाउन उर्जा क्षेत्रमा मार्गचित्र बनाएर अघि बढेको र उर्जाउद्यमीहरु पनि मार्गत्रि परा गर्न दत्तचित्त भएर लागेको समयमा सार्वजनिक लेखा समितिले २०८० को पुसमा ९० भन्दा कम नेटवर्क रहेका कम्पनीको प्राथमिक शेयर जारी गर्न नदिने निर्देशन दिँदा ठूलो क्षति व्यहोरिरहनुपरेको बताउनु भयो ।

उहाँले साथै समितिले जलविद्युत कम्पनी स्थापना गर्दा लगानी गर्ने आधारभुत लगानीकर्ताहरुको ३३ प्रतिशत शेयर बैंकको ऋण चुक्ता नभएसम्म कायम राख्न निर्देशन दिनुले समस्या भइरहेको बताउनु भयो ।

अहिले पनि प्राथमिक शेयर निष्कासनका लागि ४३ वटा र हकप्रद शेयर निष्कासनका लागि ७ वटा कम्पनी नेपाल धितोपत्र बोर्डमा रहेको बताउनु भयो ।

यो ढिलाइने ९९४.५२ मेगावाट क्षमताका उर्जा क्षेत्रका आयोजनाहरुले २२ महिनामा ब्याज, आयोजना लागत, विद्युत विक्रीबाट हुने आय जम्मा गरेर लगभग ८१ अर्ब नोक्शानी व्यहोरेको बताउनु भयो ।

यो नेपाल सरकार मातहतका निकायहरुले उर्जा क्षेत्रलाई गरेको अपराध भएको जिकिर गर्नुभयो ।  

उहाँले सरकारले लिएको लक्ष्य पूरा गर्ने हो भने अविलम्व प्राथमिक शेयर, हकप्रद शेयर निष्कासनको अनुमति दिनुपर्ने बताउनु भयो ।

Previous Post

टर्की र पाकिस्तानले द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने

Next Post

हार्वर्डको अनुदान रकम ट्रेड स्कुललाई पठाउने ट्रम्पको धम्की

Next Post

हार्वर्डको अनुदान रकम ट्रेड स्कुललाई पठाउने ट्रम्पको धम्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन