• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कोटिहोममा भागवत मञ्जरी राधिका दासी आउँदै

नीतिप्रेस by नीतिप्रेस
May 27, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठ १६ गते ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद् देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्न आउने भएकी छन् । १६ गते पोखरा आए पनि उनले जेठ १७ गतेबाट कथा वाचन गर्ने कार्यक्रम छ ।

ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा जेठ १७ देखि जेठ २६ गतेसम्म राधिका दासी कथा वाचन गर्ने प्रचार-प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले महायज्ञमा १० दिनसम्म श्रीमद देवीभागवत कथा वाचन गर्नेछिन् । जेठ १४ गते आउने कार्यक्रम भएता पनि समय व्यस्तताले १६ गतेदेखि आउने कार्यक्रम तय भएको ढकालले जानकारी दिए ।

भागवत मञ्जरी राधिका दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होम होमादी हुने ठाउमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेकी छन्।

‘यस्तो ऐतिहासिक कोटिहोम आफ्नो जेनेरेसनले देखेको पहिलो पटक हुनु पर्दछ यस्तो दिव्य स्थानमा कथा वाचन गर्न म आउँदै छु’ उनले भनिन्, ‘कथा वाचनको साथ साथमा त्यहाँ हुने करोडौँ हवनमा पनि हजुरहरू सदा सर्वदा आएर जोडिनु होला, म पनि आउँदै छु तपाईँहरू पनि आउनुहोस् कोटिहोममा भेटौला।’

जारी कोटिहोममा जेठ १० गते देखि पुन अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरिरहेकी छन् । देवी प्रतिभाले जेठ १६ गतेसम्म कथा वाचन गर्नेछिन् भने उनको बिदाइसँगै भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्नेछिन् । 

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले आटेका हरेक गतिविधिमा पूर्णरूपमा साथ दिँदै आएका कथा वाचीका देवी प्रतिभा र राधिाका दासीको कोटिहोम आगमले आफूलाई उर्जा मिलेको बताए ।

देवी प्रतिभालाई बहिनको रूपमा र राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै आएका बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराजले देवी र माताको प्रवचन सुन्ने अवसरलाई सदुपयोग गर्न भक्तजनलाई आग्रह गरे।

कोटिहोममा देश-विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले श्रृतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् । आइतबारदेखि सुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले पनि कोटिहोममा देशभरका विद्यालयबाट शिक्षक तथा विद्यार्थीको पनि सहभागिता छ । कोटिहोममा कास्की विद्यालयका विद्यार्थीको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । 

‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए। प्रतियोगितामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सहभागिता रहेको छ ।

प्रतियोगितामा भोलि (बुधबार) डा. तारप्रसाद गिरी र डा. तुलसी प्रभासले विद्यार्थीलाई विशेष प्रशिक्षण दिने भएका छन् । निःशुल्क रूपमा हुने प्रशिक्षणमा लाभ लिन विद्यार्थीलाई आग्रह गरिएको छ ।

मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथलय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दू धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथलय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।

अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।

कोटिहोममा चार सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित एक सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । 

उनका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ,  गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था छ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

Previous Post

हार्वर्डको अनुदान रकम ट्रेड स्कुललाई पठाउने ट्रम्पको धम्की

Next Post

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रपतिसँग भेट

Next Post

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रपतिसँग भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन