पोखरा । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । आज मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको भाउ प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा सुनको भाउ एक लाख ९१ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यसैगरी आज चाँदीको भाउ समेत तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको भाउ सोमबार प्रतितोला दुई हजार पाँच रुपैयाँ रहेको थियो ।
आज पोखरामा असली चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको छ ।






